अमेरिकामा अँग्रेजी नजानेका कारण सडकबाट कारवाही गरेर हटाइयो ३ हजार बढी चालक. त्रासमा सिख समुदाय



प्रकाशित मिति : आश्विन १, २०८२ बिहीबार

truck on highway during daytime

Photo by Rhys Moult

अमेरिकी संघीय तथ्याङ्कअनुसार ३ हजारभन्दा बढी व्यावसायिक ट्रक चालकलाई अंग्रेजी भाषाको दक्षतासम्बन्धी संघीय नियम पालना गर्न नसकेको भन्दै सडकबाट हटाइएको छ। फेडरल मोटर क्यारियर सेफ्टी एडमिनिस्ट्रेशनको तथ्यांक अनुशार सन् २०२५ को जुनको अन्त्यदेखि अँग्रेजी नजानेका कारण सडकबाट हटाएइएका व्यावसायिक गाडी चालकहरुको संख्या ३ हजार २० नाघेको छ ।

उनीहरुलाई अंग्रेजी भाषाको दक्षताको नियम उल्लङ्घन गरेको भन्दै सडकबाट हटाउने आदेश दिइएको हो । अमेरिकाभरि सडक निरीक्षणका क्रममा सङ्कलन गरिएको यो तथ्याङ्कअनुसार पूर्वी क्षेत्रबाट ३८६, मध्यपश्चिमी क्षेत्रबाट ६१५ र दक्षिणी क्षेत्रबाट ८७८ ट्रक चालकहरुलाई सडकबाट हटाइएको छ ।

पछिल्ला साताहरुमा अंग्रेजी भाषाको दक्षतासम्बन्धी संघीय नियम पालना गर्न नसकेको भन्दै सडकबाट हटाइने ट्रक चालकको संख्यामा उल्लेख्य बृद्धि देखिएको छ । मध्य अगस्टसम्म यो संख्या जम्मा १,२१२ रहेकोमा त्यसपछि तीब्र बृद्धि देखिएको हो ।

अमेरिकामा अँग्रेजी नजानेका कारण सडकबाट कारवाही गरेर हटाइयो ३ हजार बढी चालक. त्रासमा सिख समुदाय

अमेरिकामा अँग्रेजी नजानेका कारण सडकबाट कारवाही गरेर हटाइयो ३ हजार बढी चालक. त्रासमा सिख समुदाय

सन् २०२५ को जुन २५ मा ह्वाइट हाउसको एक कार्यकारी आदेशपछि व्यावसायिक ट्रक चालकका लागि अंग्रेजी भाषाको दक्षतासम्बन्धी नियमको पालना नगर्दा सवारी साधन सडकबाट हटाउने नियमलाई लागू गरिएको हो । कार्यकारी आदेशले भाषा दक्षताबारे नियमको उल्लङ्घनका लागि ट्रक चालकलाई सडकबाट हटाउने आदेश नदिने मेमोलाई खारेज गरेको थियो ।

यातायात मन्त्रालयले ट्रक चालकका लागि भाषा दक्षताको नियमको कडा पालनाका लागि जोड दिँदै आएको छ । फ्लोरिडा टर्नपाइकमा तीन जनाको मृत्यु हुनेगरी भारतीय  ट्रक चालक हरजिंदर सिंह संलग्न दुर्घटनापछि यो नियम अझ कडाईका साथ लागु गरिएको छ । किनभने सिंहको अंग्रेजी बोल्ने क्षमतामाथि प्रश्न उठेको थियो।

दुर्घटनापछि अगस्तमा आइसले हरजिंदर सिंहका भाई २५ वर्षीय हरनीत सिंहलाई पनि पक्राउ गरेको थियो । दुर्घटनामा संलग्न १८ पाङ्ग्रे ट्रकमा हरनीत सिंह यात्रु रहेका थिए ।
चालक हरजिन्दर सिंहले आधिकारिक प्रयोगका लागि मात्र लेखिएको ठाउँबाट अवैध रूपमा यूटर्न गर्ने प्रयास गर्दा दुर्घटना भएको थियो । यो लापरवाहीले राजमार्गका सबै लेन अवरुद्ध हुनुका साथै पोम्पानो बिचकी ३७ वर्षीया महिला, मियामीका ५४ वर्षीय पुरुष र फ्लोरिडा सिटीका ३० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

ट्रक चालक हरजिन्दर सिंहलाई सवारीसाधनबाट भएको हत्याको तीनवटा अभियोग लगाइएको छ। हरनीत सिंहलाई भने विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा मे १५, २०२३ मा सीमा गस्तीले भेटेको र पछि छाडिएको थियो। उनीविरुद्ध देश निकालाको प्रक्रिया चलिरहेको छ।

यो दुर्घटना र त्यसपछिका घटनाले अमेरिकामा सिख ट्रक चालक समुदायमा त्रास फैलाएको छ। अमेरिकामा करिब साढे ७ लाख सिखहरू छन् भने करिब डेढलाख ट्रक उद्योगमा काम गर्छन्, जसमध्ये अधिकांश चालकको रूपमा छन्। नर्थ अमेरिकन पन्जाबी ट्रकिङ एसोसिएसनका अनुसार अमेरिकामा रहेका कुल ट्रक चालकहरुमध्ये करिब ४० प्रतिशत ट्रक चालकहरू सिख छन्।

अमेरिकामा अँग्रेजी नजानेका कारण सडकबाट कारवाही गरेर हटाइयो ३ हजार बढी चालक. त्रासमा सिख समुदाय

Bearded truck driver wearing a turban and safety vest inside a truck cab, focused on driving.
सिख ट्रक चालक । फोटो: विश्व सिख संगठन क्यानडा

धेरैको अंग्रेजी भाषाको सीप सीमित भएपनि उनीहरूसँग वर्षौंको गाडी चलाएको अनुभव भने रहेको छ । ट्रम्प प्रशासनले व्यावसायिक चालकहरूको लागि भाषा आवश्यकताहरू कडा बनाएपनि चालकहरूलाई उनीहरूको भाषा परीक्षा पास गर्न मद्दत गर्न भाषा कक्षाहरू संचालन गर्न समेत थालिएको छ ।

फ्लोरिडाको घटनापछि सिख चालकहरु जातीयताको कारणले दुर्व्यवहारको सिकार भइरहेका घटनाहरु समेत सार्वजनिक भइरहेका छन् । मानिसहरू सिख ट्रक चालकहरूलाई हर्न बजाउने वा ट्रक स्टपहरूमा पानीका बोतलहरू फ्याँक्ने गरेका घटनाहरु सार्वजनिक भएका हुन् । साथै उनीहरूलाई गिज्याउने र दुर्व्यवहार गर्ने तथा उनीहरुले लगाएको पगरीका कारण डाइपरहेड र टावेलहेड जस्ता जातीय अपमानजनक शब्दहरूले बोलाउने गरेको समेत पाइएको छ ।

फ्लोरिडा दुर्घटनापछि सिख चालकहरू आइसको छापाको डरले फ्लोरिडा, अलाबामा र अर्कान्सास जान डराउने गरेका छन् । एफबीआईको २०२४ को वार्षिक घृणा अपराध तथ्याङ्क अनुशार अमेरिकामा सिखहरू यहुदी र मुस्लिम समुदायपछि तेस्रो सबैभन्दा बढी लक्षित धार्मिक समूह रहेका छन्।





Source link

Leave a Comment