क्यानडामा शरण खोज्ने अमेरिकन नागरिकको संख्या बृद्धि



प्रकाशित मिति : भाद्र ३१, २०८२ बुधबार

क्यानडामा शरण खोज्ने अमेरिकन नागरिकको संख्या बृद्धि

क्यानडामा शरणार्थीको रूपमा आवेदन दिने अमेरिकी नागरिकहरूको संख्यामा तीव्र वृद्धि देखिएको छ। अमेरिकामा बढ्दो राजनीतिक तनावसँगै यो संख्यामा बृद्धि भएको हो । यद्यपी क्यानडाका अधिकारीहरूले यस वृद्धिको कारणबारे स्पष्ट पारेका छैनन् ।

क्यानडाको अध्यागमन तथा शरणार्थी बोर्डको तथ्यांक अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ को पहिलो ६ महिनामै धेरै अमेरिकी नागरिकले शरणका लागि आवेदन दिएका छन्। जनवरीदेखि जुन २०२५ सम्ममा २४५ जना अमेरिकीले क्यानडामा शरणार्थीको रूपमा आवेदन दिएका छन्। यो संख्या सन् २०२४ को कुल २०४ आवेदनभन्दा बढी हो भने सन् २०१९ यताकै सबैभन्दा उच्च हो।

धेरै एसाइलम आवेदकहरु राजनीतिक र सांस्कृतिक द्वन्द्वका कारण प्रेरित भएको जनाइएको छ । हालै येल विश्वविद्यालयका दर्शनशास्त्रका प्रोफेसर जेसन स्ट्यान्लीले शैक्षिक स्वतन्त्रताको चिन्ताका कारण टोरोन्टो विश्वविद्यालयमा पद स्वीकार गरेको बताएका थिए । उनले शैक्षिक स्वतन्त्रता र प्रजातान्त्रिक संस्थाहरूको रक्षा गर्ने मूल्यमा विश्वास गर्ने भन्दै निरंकुश शासकहरूबाट लुक्ने र आफ्नो पालो नआओस् भनेर प्रार्थना गर्ने सोच सही नभएको उल्लेख गरेका थिए ।

क्यानडामा शरण खोज्ने अमेरिकन नागरिकको संख्या बृद्धि

क्यानडामा शरण खोज्ने अमेरिकन नागरिकको संख्या बृद्धि

अन्य अमेरिकी शिक्षाविद्हरू पनि क्यानडाका संस्थाहरूमा बसाइँ सर्ने क्रम बढ्दै गएको देखिएको छ । केही सेलिब्रेटीहरूले पनि ट्रम्प राष्ट्रपति बनेमा अमेरिका छोड्ने विचार व्यक्त गरेका थिए ।

एसाइलम आवेदनबाहेक धनी अमेरिकीहरू विदेशमा लगानीमा आधारित आवासीय कार्यक्रमहरूमा पनि लागिरहेका छन्। उनीहरु बेलायत र अन्य देशहरूमा बसाई सर्ने गरेका छन् ।

राजनीतिक ध्रुवीकरणले गोल्डेन भिसाको माग बढाएको देखिएको छ । धेरै आवेदकहरूले आफ्नो अमेरिकी घर नछोडे पनि माल्टा, पोर्चुगल र संयुक्त अरब इमिरेट्सजस्ता देशहरूमा दोस्रो निवास लिइरहेका छन्। उनीहरूले आफ्नो मुख्य निवास परिवर्तन नगरेपनि अर्को विकल्प राख्ने स्वतन्त्रता प्राप्त गरिरहेका छन्।





Source link

Leave a Comment