यस वर्षको विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे



प्रकाशित मिति : भाद्र ३०, २०८२ मंगलबार

यस वर्षको विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ ।

असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत परेको हो ।

असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मङ्गलबार महाअष्टमी र कालरात्रि परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस वर्षको विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

यस वर्षको विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ । असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिलबलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ ।





Source link

Leave a Comment