लुटिएका हतियार बुझाउन आन्दोलनकारीलाई सेनाको चेतावनी



प्रकाशित मिति : भाद्र २४, २०८२ बुधबार

लुटिएका हतियार बुझाउन आन्दोलनकारीलाई सेनाको चेतावनी

नेपाल आर्मीको स्पेशल फोर्सको अर्काइभ फोटो । (अर्याल सुमोड, विकिपिडया)

नेपाली सेनाले सुरक्षाकर्मीहरूबाट लुटिएका हतियार बुझाउन आन्दोलनकारीलाई चेतावनी दिएको छ।

काठमाण्डौँलगायतका जिल्लाहरूमा भएका प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले सुरक्षाकर्मीबाट हतियार तथा गोलीगट्ठा लुटेको खबर बाहिरिएको थियो।

हतियारको दुरुपयोग भएमा जनधनको क्षति हुन सक्ने भन्दै सेनाले हतियार सुरक्षा निकायमा बुझाउन आग्रह गरेको हो। हतियार नबुझाएर कसैको साथमा फेला परेमा कारबाही हुने सेनाले चेतावनी दिएको छ। साथै, सुरक्षा निकायका पोशाकहरू अनाधिकृत रूपमा प्रयोग नगर्न पनि अनुरोध गरिएको छ।

लुटिएका हतियार बुझाउन आन्दोलनकारीलाई सेनाको चेतावनी

नेपाली सेनाले बिहीबार बिहान ६ बजेसम्मका लागि देशभर कर्फ्यू आदेश जारी गरेको छ। सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिएर कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।

जेनजी युवा पुस्ताको नाममा भएको आन्दोलनका क्रममा देशभर अरबौँका संरचनामा आगजनी भएपछि नेपाली सेनाले मङ्गलबार राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न ठाउँबाट २३ थान हतियार सेनाले प्राप्त गरिसकेको छ । साथै लुटपाट भएको ३३ लाख ७० हजार रुपैयाँ नगद र सञ्चार उपकरणहरु समेत नेपाली सेनाले प्राप्त गरेको छ ।

जेनजीको आन्दोलनका क्रममा कारागारका बन्दीहरू देशभरबाट भागेका छन् । रास्वपा सभापति रवि लामछानेलाई नख्खु कारागारबाट निकालेपछि सबैतिर बन्दीहरू भाग्न थालेका छन् ।

कास्की कारागारबाट सबै बन्दी भागेका छन् । कपिलवस्तु कारागारबाट ४ सय बढी बन्दी भागेका छन् । सुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन ।

लुटिएका हतियार बुझाउन आन्दोलनकारीलाई सेनाको चेतावनी

भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदीबन्दी भागेका छन् । तनहुँ कारागारबाट पनि बन्दी भागेका छन् ।

डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ । बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन् ।

बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ ।





Source link

Leave a Comment