अमेरिकामा ‘मासु खाने जीवाणु’को संक्रमण, लुइसियानामा चारको मृत्यु, न्युयोर्कसम्म जोखिम



प्रकाशित मिति : भाद्र १३, २०८२ शनिबार


अमेरिकाको लुइसियानामा ‘मासु खाने जीवाणु’ (फ्लेस–इटिङ ब्याक्टेरिया) को संक्रमणका कारण चार जनाको मृत्यु भएको छ। राज्यका स्वास्थ्य अधिकारीहरूका अनुसार, तीमध्ये दुई जनाको मृत्यु दूषित काँचो सीपी (ओइस्टर) खाँदा भएको हो, भने अन्य दुईको समुद्री पानीमा भएको घाउका कारण भएको हो।

सीपी (ओइस्टर) भनेको समुद्री खोलभित्र पाइने एक प्रकारको खाने जनावर हो। स्वास्थ्य मन्त्रालयले पीडितहरूको पहिचान भने गोप्य राखेको छ। मृतकहरूमध्ये एक जना लुइसियानाकै बासिन्दा थिए भने अर्का बाहिरी राज्यका थिए।

राज्यका स्वास्थ्य अधिकारीहरूका अनुसार, सीपीमा ‘भाइब्रियो भल्निफिकस’नामक जीवाणु भेटिएको थियो। यो जीवाणु सामान्यतया तातो समुद्री क्षेत्रमा पाइन्छ र विशेषगरी मेदेखि अक्टोबरसम्म बढी सक्रिय हुन्छ।

अमेरिकामा ‘मासु खाने जीवाणु’को संक्रमण, लुइसियानामा चारको मृत्यु, न्युयोर्कसम्म जोखिम

अमेरिकामा ‘मासु खाने जीवाणु’को संक्रमण, लुइसियानामा चारको मृत्यु, न्युयोर्कसम्म जोखिम

काँचो वा राम्रोसँग नपकाइएको समुद्री खाना खाँदा यो संक्रमण हुन सक्छ, जसमध्ये सीपी सबैभन्दा बढी जोखिमपूर्ण मानिन्छ। यस वर्ष लुइसियानामा हालसम्म २२ जना यस जीवाणुबाट संक्रमित भएका छन्, जसमध्ये सबैलाई अस्पताल भर्ना गरिएको छ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार, यो जीवाणुले नेक्रोटाइजिङ फैसाइटिस नामक गम्भीर रोग निम्त्याउन सक्छ। यसले नसा र मांसपेशीको जीवित तन्तुलाई नष्ट गर्छ, जसलाई ‘मासु नष्ट हुने संक्रमण’ पनि भनिन्छ।

यस्तो संक्रमणका कारण शरीरका अंग काट्नुपर्ने अवस्था पनि आउन सक्छ। तथ्यांकअनुसार, भाइब्रियो भल्निफिकस संक्रमण भएका पाँच जनामध्ये एक जनाको मृत्यु हुने गरेको पाइएको छ।

लुइसियानामा विगत १० वर्षमा वार्षिक औसतमा ७ जना संक्रमित र १ जनाको मृत्यु हुने गरेकोमा यस वर्ष संक्रमण र मृत्यु दुवैको संख्या बढेको छ।

विशेषज्ञहरूले समुद्री सतहको तापक्रम बढ्दै जाँदा यो जीवाणुको जोखिम पनि बढिरहेको चेतावनी दिएका छन्। यसै महिनाको सुरुमा फ्लोरिडाका ११ वटा काउन्टीमा १३ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये ८ जनाको मृत्यु भएको थियो।

अमेरिकामा ‘मासु खाने जीवाणु’को संक्रमण, लुइसियानामा चारको मृत्यु, न्युयोर्कसम्म जोखिम

यो जीवाणुको संक्रमण अब उत्तरी राज्यहरू जस्तै म्यासाचुसेट्स, कनेक्टिकट र न्युयोर्कसम्म पनि देखिएको छ।





Source link

Leave a Comment