एक्सक्लुसिभ: ४ महिनामा अमेरिकामा अध्ययनरत २ हजारभन्दा बढी नेपाली विद्यार्थीको सेभिज समाप्त



प्रकाशित मिति : भाद्र ९, २०८२ मंगलबार

एक्सक्लुसिभ: ४ महिनामा अमेरिकामा अध्ययनरत २ हजारभन्दा बढी नेपाली विद्यार्थीको सेभिज समाप्त

विगत ४ महिनामा अमेरिकाका शिक्षणसंस्थाबाट २ हजार भन्दा बढी नेपाली विद्यार्थीको सेभिज समाप्त वा खारेज भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । अध्यागमन एजेन्सी आइसको सेभिज रेकर्ड अनुशार अप्रिलमा अमेरिकामा विभिन्न शिक्षण संस्थामा अध्ययनरत ३२ हजार ७० जना नेपाली विद्यार्थीहरुको सेभिज रेकर्ड सकृय रहेकोमा अगस्तको सुरुसम्म २ हजार ४९ जना नेपाली विद्यार्थीहरुको सेभिज रेकर्ड खारेज वा समाप्त भई ३० हजार १९ मा झरेको छ ।

सेभिज रेकर्ड अमेरिकाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र आगन्तुकहरूलाई ट्र्याक गर्न प्रयोग गर्ने एक डेटाबेस प्रणाली हो। यो प्रणालीले विद्यार्थी भिसा प्राप्त गरेका विद्यार्थीहरू र आगन्तुकहरूको जानकारी राख्छ। यो रेकर्ड खारेज गरिनुको अर्थ उनीहरूको भिसा स्थिति मान्य नरहनु हो। जसका कारण उनीहरूले अमेरिकामा कानुनी रूपमा बस्ने वा अध्ययन गर्ने अनुमति गुमाउन सक्छन्।

सेभिज रेकर्ड अनुशार अप्रिलसम्म अमेरिकामा एफ एम लगायतका भिसामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या बढ्दो क्रममा रहेपनि त्यसपछि भने यो संख्यामा उल्लेख्य गिरावट आएको छ । अप्रिलको सुरुमा ३२ हजार ७० जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेकोमा मे महिनाको सुरुमा यो संख्यामा गिरावट आई ३१ हजार ९ सय ८९ मा झरेको थियो । सेभिजमा थपिने विद्यार्थीको संख्या समेत हुने भएकाले बढीमा कतिजनाको सेभिज खारेज भयो भन्ने तथ्यांक सार्वजनिक नभएपनि यो तथ्यांकले अप्रिलमामात्र कम्तीमा ८१ जना नेपाली विद्यार्थीको सेभिज खारेज भएको देखाएको छ ।

एक्सक्लुसिभ: ४ महिनामा अमेरिकामा अध्ययनरत २ हजारभन्दा बढी नेपाली विद्यार्थीको सेभिज समाप्त

एक्सक्लुसिभ: ४ महिनामा अमेरिकामा अध्ययनरत २ हजारभन्दा बढी नेपाली विद्यार्थीको सेभिज समाप्त

जुनमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या ३१ हजार ४ सय ६२ अर्थात् ५२७ ले घटेको थियो । अप्रिल र मे महिनामा अमेरिकी सरकारको विदेश मन्त्रालय र डिपार्टमेन्ट अफ होमल्याण्ढ सेक्युरिटीले ब्यापक रुपमा नेपाली विद्यार्थीहरुको भिसा खारेज गरेको थियो । उक्त अवधिमा अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीहरूको भिसा र सेभिज रद्द भएको कानुन व्यवसायीहरूले अनुमान गरेका थिए । केही नेपाली विद्यार्थीहरूको भिसा दूतावासले रद्द गरेर विद्यार्थीहरूलाई इमेलमार्फत सूचना पठाएको थियो भने केही नेपाली विद्यार्थीहरूको सेभिज रेकर्ड रद्द भएको जानकारी कलेजले इमेलमार्फत दिएको थियो ।

एक्सक्लुसिभ: ४ महिनामा अमेरिकामा अध्ययनरत २ हजारभन्दा बढी नेपाली विद्यार्थीको सेभिज समाप्त
दूतावासले विद्यार्थीलाई भिसा खारेज भएको जानकारी सहित पठाएको सूचना

जुलाईमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या ३० हजार ४ सय ८० मा झरेको थियो अर्थात् जुनको तुलनामा ९८२ ले घटेको थियो । त्यस्तै अगस्तमा यो संख्या जुलाईको तुलनामा ४६१ ले घटेर ३० हजार १९ मा झरेको थियो । अप्रिलदेखि अगस्तको सुरुसम्मको अवधिमा अमेरिकाका शिक्षण संस्थामा २ हजार ४९ जना विद्यार्थीहरु घटेकोबाट कम्तीमा २ हजार ४९ जना नेपाली विद्यार्थीहरुको सेभिज खारेज भएको देखाउँछ । यद्यपी यो अवधिमा शिक्षण संस्थामा थपिने नेपाली विद्यार्थीहरुसमेत भएकाले सेभिज खारेज हुने नेपाली विद्यार्थीहरुको वास्तविक संख्या यो भन्दा अझ बढी रहेको छ ।

सेभिज खारेज केबल अमेरिकी सरकारको विदेश मन्त्रालय वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भिसा रद्द गरेका कारणमात्र हुँदैन । विद्यार्थीहरुले आफै पढाई छाडेका कारण, पढाई सकेका कारण, भिसा वा स्टाटस परिवर्तन गरेका कारणपनि सेभिज समाप्त वा खारेज हुन्छ । त्यसैले ट्रम्प प्रशासनको पछिल्लो निशानामा परेर कतिजना नेपाली विद्यार्थीहरुको सेभिज खारेज भयो भन्ने यकिन विवरण नभएपनि सेभिज खारेजीको यो संख्याले उल्लेख्य संख्यामा नेपाली विद्यार्थीहरुको भिसा रद्द भएको देखाएको छ ।

यसैबीच डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आइसले २०२४ को अगस्तपछिको सेभिज रेकर्डबारेको तथ्यांक पनि सच्याएको छ । यसअगाडि २०२४ को अगस्तमा १६९३३ नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको सेभिज रेकर्ड रहेकोमा अहिले त्यसलाई सच्याएर २०२४ को अगस्तमा २१ हजार ५ सय ८३ नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको रेकर्ड सार्वजनिक गरिएको छ । त्यसपछि आइसले जनवरीसम्मकै नेपाली विद्यार्थीको सेभिज रेकर्ड संख्या सच्याएको छ ।

पूरानो रेकर्डमा २०२५ को जनवरीमा १६ हजार ९ सय ३३ नेपाली विद्यार्थी अध्ययनरत रहेको सेभिज विवरण रहेपनि त्यसलाई सच्याएर २०२५ को जनवरीमा २७ हजार ८ सय ७० नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्यांक आइसले सार्वजनिक गरेको छ । त्यस्तै पूरानो रेकर्डमा २०२५ को फरबरीमा पनि १६ हजार ९ सय ३३ नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्यांक थियो, अहिले त्यसलाई पनि सच्याएर ३१ हजार ५ सय १ बनाइएको छ ।

एक्सक्लुसिभ: ४ महिनामा अमेरिकामा अध्ययनरत २ हजारभन्दा बढी नेपाली विद्यार्थीको सेभिज समाप्त

chart visualization

अगस्तमा अमेरिकी शिक्षण संस्थामा विभिन्न भिसामा रहेर अध्ययनरत ३० हजार १९ जना नेपाली विद्यार्थीहरुमध्ये १७ हजार ४० पुरुष रहेका छन् भने १२ हजार ९ सय ७९ महिला रहेका छन् । ५ हजार ५ सय १४ जनाले एसोसियट, १० हजार ४ सय ४७ जनाले ब्याचलर र ४ हजार ५८ जनाले डाक्टरेट लेभलमा अध्ययन गरिरहेका छन् । त्यस्तै ६५ जनाले फ्लाइट स्कुल र २०४ जनाले भाषाकक्षामा अध्ययन गरिरहेका छन् । त्यस्तै ९ हजार ५ सय २९ जनाले मास्टर्स गरिरहेका छन् भने १९५ जनाले अन्य प्रकारको अध्ययन गरिरहेका छन् ।

नेपाली विद्यार्थीहरुमध्ये ५ हजार ९ सय ७५ जना टेक्सासमा अध्ययनरत रहेका छन् भने २१६९ जना ओहायोमा अध्ययनरत रहेका छन् । क्यालिफोर्नियामा १०६९, केन्टकीमा १५६८ र लुजियानामा १०८१ जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेका छन् । मिजौरीमा १३९३, न्युयोर्कमा १९७२ र भर्जिनियामा ९५७ जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको आइसको सेभिज तथ्यांकमा उल्लेख छ ।

chart visualization

अप्रिलमा टेक्सासमा ७ हजार १९ जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेकोमा अगस्तमा यो संख्यामा गिरावट आएको छ भने न्युयोर्कमा अप्रिलमा १९ सय ५९ जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेकोमा अगस्तमा यो संख्या केही बढेको छ । मार्चमा न्युयोर्कमा अध्ययनरत नेपाली विद्यार्थीहरु १७३७ थिए भने १७२८ रहेका थिए । जनवरीमा यो संख्या १६४४ रहेको थियो । पछिल्लो तथ्यांक हेर्दा नेपाली विद्यार्थीहरु टेक्सास छाडेर अरु राज्यमा गइरहेको देखिन्छ ।





Source link

Leave a Comment