अमेरिकाबाट १०३ वटा बोइङ विमान खरिद गर्ने दक्षिण कोरियाको घोषणा



प्रकाशित मिति : भाद्र ८, २०८२ सोमबार


कोरियन एयरले १०३ वटा बोइङ विमान खरिद गर्ने सम्झौताको घोषणा गरेको छ।

अमेरिकी विमान निर्माता बोइङ र दक्षिण कोरियाको प्रमुख एअरलाइन्स कोरियन एअरले १०३ वटा नयाँ विमान खरिद गर्ने सम्झौता गरेका हुन्।

यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदारहरूलाई अमेरिकी कम्पनीहरूसँग बढी कारोबार गर्न दबाब दिइरहेका बेला भएको हो।

अमेरिकाबाट १०३ वटा बोइङ विमान खरिद गर्ने दक्षिण कोरियाको घोषणा

अमेरिकाबाट १०३ वटा बोइङ विमान खरिद गर्ने दक्षिण कोरियाको घोषणा

सम्झौताअनुसार कोरियन एअरले बोइङ ७८७, ७७७ र ७३७ यात्रु विमान खरिद गर्नेछ।

कोरियन एअरका प्रमुख वाल्टर चोले नयाँ जहाजहरू “निर्णायक क्षणमा” आइपुग्ने र एशियाना एअरलाइन्ससँग विलय हुँदै गरेको कोरियन एअरलाई प्रतिस्पर्धी बनाइराख्ने बताएका छन्।

यो सम्झौता दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंग र राष्ट्रपति ट्रम्पबीच वाशिङटनमा भएको भेटवार्तापछि केही घण्टामै घोषणा गरिएको हो। उक्त भेटमा जुलाईमा अमेरिकाले दक्षिण कोरियाली सामानमाथि लगाएको १५ प्रतिशत शुल्कबारे छलफल भएको थियो।

सम्झौता दुवै देशका सरकारी प्रतिनिधि र व्यवसायिक नेताहरूको उपस्थितिमा सार्वजनिक गरिएको हो। कार्यक्रममा अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिक र दक्षिण कोरियाका वाणिज्य मन्त्री किम जुंगक्वान उपस्थित थिए।

बोइङको विमान विभागकी प्रमुख स्टेफनी पोपले यस आदेशलाई “ऐतिहासिक सम्झौता” भनेकी छन्।

अमेरिकाबाट १०३ वटा बोइङ विमान खरिद गर्ने दक्षिण कोरियाको घोषणा

यो सम्झौताले अमेरिकाभर करिब १ लाख ३५ हजार रोजगारीलाई सहयोग गर्ने बोइङले जनाएको छ। बोइङमा विश्वभर १ लाख ७० हजार भन्दा बढी कर्मचारी कार्यरत छन्।

यस वर्ष मात्रै कोरियन एअरले बोइङसँग १५० भन्दा बढी विमान अर्डर तथा प्रतिबद्धता जनाइसकेको छ।

ट्रम्प प्रशासनसँग व्यापार सम्झौता गर्न वार्ता गरिरहेका अन्य देशहरूले पनि ठूलो संख्यामा बोइङ विमान अर्डर गर्ने योजना सार्वजनिक गरेका छन्। यी सम्झौताहरूले बोइङलाई यसको युरोपेली प्रतिद्वन्द्वी एअरबसको भन्दा अगाडि पुर्‍याएको छ।





Source link

Leave a Comment