अमेरिकी नागरिकताको अन्तर्वार्ताकै क्रममा पूर्वसैनिक आइसको नियन्त्रणमा



प्रकाशित मिति : भाद्र ६, २०८२ शनिबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकी सेनामा सेवा गरिसकेका पाकिस्तानी मूलका मुहम्मद जाहिद चौधरीलाई वासिङ्टन राज्यमा नागरिकता अन्तर्वार्ताकै क्रममा अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले नियन्त्रणमा लिएको छ । चौधरीलाई बिहीबार नियन्त्रणमा लिएर हाल नर्थवेस्ट डिटेन्सन सेन्टरमा राखिएको पुष्टि भएको हो ।

चौधरीको यो गिरफ्तारी ट्रम्प प्रशासनतर्फबाट आप्रवासनमाथि भइरहेको कडाइबीच आएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो सामूहिक निर्वासन अभियान सुरु गर्ने घोषणा गरेका थिए।

अमेरिकामा अवैध रूपमा बसिरहेका मात्र नभई वैध कागजात (ग्रीन कार्ड, भिसा) भएका आप्रवासीहरू तथा आपराधिक इतिहास भएका व्यक्तिहरू समेत पछिल्ला दिनमा आइसको नियन्त्रणमा परेका छन्। दशकौँ पुराना सजाय भोगिसकेका व्यक्तिहरू समेत लामो समयसम्म समस्या नपरेको अवस्थामा अचानक पक्राउ परेका घटनाहरू पनि सार्वजनिक भएका छन्।

अमेरिकी नागरिकताको अन्तर्वार्ताकै क्रममा पूर्वसैनिक आइसको नियन्त्रणमा

अमेरिकी नागरिकताको अन्तर्वार्ताकै क्रममा पूर्वसैनिक आइसको नियन्त्रणमा

५७ वर्षीय चौधरी करिब २५ वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। उनले १९९० को दशकदेखि २००० को सुरुवाती वर्षसम्म अमेरिकी सेनामा सेवा गरेका थिए। उनकी पत्नी मेलिसा चौधरीका अनुसार सैनिक सेवाकै क्रममा भएको चोटका कारण उनी अहिले ह्वीलचेयरमा बस्न बाध्य छन्। ढाड र घाँटीमा भएको चोटले अझै पनि उनको स्वास्थ्यमा असर गरिरहेको छ। उनी चिकित्सकीय कारणले सेनाबाट अवकाश भएका थिए।

बिहीबार चौधरी वासिङ्टन राज्यको टुकविलास्थित “नैचुरलाइजेसन हियरिङ” मा पुगेका थिए। उनी पहिले नै ग्रीन कार्ड होल्डर हुन् । वर्षौंदेखि अमेरिकी नागरिकता प्राप्त गर्ने प्रयास गरिरहेका थिए।

चौधरीलाई करिब एक दशकअघि निर्वासनको मुद्दा सामना गर्नुपरेको थियो। द ओलिम्पियनका अनुसार आइसले उनलाई अस्ट्रेलियामा भएको ठगी मुद्दाका कारण हटाउन खोजेको थियो । सन् २००१ मा उनले अमेरिकाको भिसा आवेदनमा सो मुद्दाको जानकारी नदिएको र याकिमा प्रहरी विभागमा रिजर्भ अफिसर बन्ने क्रममा आफ्नो नागरिकता स्थिति गलत प्रस्तुत गरेको आरोप पनि लागेको थियो।

तर, चौधरीले ती आरोपबारे आफूलाई स्पष्ट नभएको बताएका थिए। अस्ट्रेलियाको ठगी मुद्दाको परिणामबारे नबुझेको र रिजर्भ अफिसर आवेदनमा गलत विवरण दिएको सम्झना नभएको उनले द ओलिम्पियनमार्फत बताएका थिए।

चौधरी र उनकी पत्नी मेलिसाका दुई साना सन्तान छन्। मेलिसा चौधरीले २०२४ मा वासिङ्टनको ९औँ कङ्ग्रेसनल जिल्लाबाट अमेरिकी कांग्रेसमा उम्मेदवारी दिएकी थिइन्।

अमेरिकी नागरिकताको अन्तर्वार्ताकै क्रममा पूर्वसैनिक आइसको नियन्त्रणमा

आफ्ना श्रीमान्को गिरफ्तारीप्रति आक्रोश व्यक्त गर्दै मेलिसाले एक विज्ञप्ति जारी गरिन्। उनले भनिन् — “आइसले एक प्रिय पति, मायालु पिता र देशभक्त अमेरिकीलाई नियन्त्रणमा लिएको छ। यसले हाम्रो परिवारलाई हरेक दिन पीडा दिनेछ। मलाई थाहा छैन कहिले फेरि जाहिदलाई देख्न पाउँछु। इस्लामको सत्य आत्मामा जाहिद सधैं मानवताको उत्थान, शान्ति र सद्भावको पक्षमा उभिएका छन्। उनी यो अन्तर्वार्तामा पूर्ण विश्वासका साथ आएका थिए। आइसले तुरुन्त यस सम्मानित, अपाङ्ग अमेरिकी सैनिकलाई मुक्त गरोस्, मेरो परिवारलाई फेरि एकताबद्ध गरोस्, र संसारलाई देखाओस् कि अमेरिका अझै न्याय र शान्तिको पक्षमा उभिएको छ।”





Source link

Leave a Comment