कामदार भिसा लोटरी अन्त्य गरेर तलबको आधारमा छनौट गर्ने प्रस्तावित नियम ह्वाइट हाउसबाट पारित



प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार

कामदार भिसा लोटरी अन्त्य गरेर तलबको आधारमा छनौट गर्ने प्रस्तावित नियम ह्वाइट हाउसबाट पारित

ट्रम्प प्रशासनले वार्षिक ८५ हजार कामदार भिसा एचवान बी भिसाको लोटरी प्रणाली अन्त्य गर्ने वा उल्लेखनीय परिवर्तन गर्ने प्रस्तावित नियम ह्वाइट हाउसबाट स्वीकृत भएको छ ।
ह्वाइट हाउसको सूचना तथा नियामक मामिला कार्यालयले प्रस्तावित परिवर्तन स्वीकार गरिसकेकाले अब यो प्रस्तावित नियम फेडरल रजिष्ट्ररमा प्रकाशनको नजिक पुगेको छ । अबको अर्को चरण भनेको फेडरल रजिष्ट्ररमा यसको प्रकाशन हुनेछ भने कमेन्ट अवधि तोकिनेछ । प्राप्त प्रतिक्रियाका आधारमा त्यसपछिमात्र अन्तिम नियम प्रकाशित हुनेछ । त्यसैले अन्तिम नियम आउन केही महिनासम्म लाग्नसक्नेछ ।

प्रस्तावित नियममा के छ भन्नेबारे अझै प्रष्ट छैन । यद्यपी नयाँ नियमले लोटरी प्रणाली सही भए नभएकोबारे समीक्षा गर्नसक्ने जनाइएको छ । कामदार भिसा एच वान बीबाट ठूलो संख्यामा नेपालीहरु समेत लाभान्वित हुँदै आइरहेकाले यो नियमले कामदार भिसा एच वान बीका लागि आवेदन दिन चाहने नेपालीहरु र खासगरी अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुलाई बढी प्रभाव पार्नसक्छ ।

डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर ट्रम्प प्रशासनले लोटरीमार्फत कामदार भिसाका लागि छनोट प्रक्रिया अन्त्य गर्ने प्रस्ताव गरेको थियो । लोटरीको साटो उच्चतमदेखि न्यूनतम तलबको आधारमा कामदार भिसा एच वान बी प्रदान गर्ने ट्रम्प प्रशासनको योजना थियो । अहिलेको प्रस्तावित नियममा पनि लोटरीलाई अन्त्य गरेर उच्चतमदेखि तलबको आधारमा कामदारहरु छनौट गर्ने प्रणाली लागु गर्ने विषय हुनसक्न्े बताइएको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार  बाइडेनकालमा झण्डै ३५ सय नेपालीले एच श्रेणीको भिसा पाएका थिए ।  अघिल्लो ट्रम्प प्रशासनको अवधिमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए । अर्थात् ट्रम्पको पहिलो कार्यकालको तुलनामा बाइडेन प्रशासनको बेलामा एच श्रेणीको भिसा पाउने नेपालीहरुको संख्यामा ५० प्रतिशत बृद्धि भएको थियो ।

आर्थिक बर्ष २०२४ मा ७८१ जना नेपाली एच वान बी भिसा पाएका थिए । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार ७८१ जनाले एचवानबी भिसा पाएका थिए भने उनीहरुका २८८ जना आश्रितहरुले एचफोर भिसा पाएका थिए । यसरी आर्थिक बर्ष २०२४ मा कुल १०६९ जना नेपालीहरुले एच श्रेणीको भिसा पाएका थिए ।

आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । यो संख्या २०२२ मा भने ९०५ थियो । आर्थिक बर्ष २०२१ मा भने जम्मा ३२७ जनालाई एचश्रेणीको भिसा प्रदान गरिएको थियो । जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ ।

२०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो भने आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीहरुले यो श्रेणीको भिसा पाए । सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । त्यस्तै २०१७ मा ५९७ जना नेपालीहरुले एच श्रेणीका भिसा पाएका थिए ।

यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।

कामदार भिसा लोटरी अन्त्य गरेर तलबको आधारमा छनौट गर्ने प्रस्तावित नियम ह्वाइट हाउसबाट पारित





Source link

Leave a Comment