अमेरिकी महान्यायाधिवक्ता बण्डीद्वारा ‘रुसिगेट काण्ड’ को अनुसन्धान गर्न आदेश



प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार


अमेरिकी महान्यायाधिवक्ता पाम बण्डीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गरिएको भनिएको “रुसिगेट षड्यन्त्र” को अनुसन्धान गर्न संघीय अभियोजकलाई कानुनी प्रक्रिया सुरु गर्न आदेश दिएकी छन् ।

ट्रम्पले यो षड्यन्त्र आफूलाई बदनाम गर्न राजनीतिक प्रतिद्वन्द्वीहरूद्वारा बनाइएको दाबी गर्दै आएका छन्।

बण्डीले एक संघीय अभियोजकलाई अभियोग लगाउने सम्भावनाको अनुसन्धान गर्न निर्देशन दिएकी हुन् । तर, आरोप के हुन सक्छन् र कसलाई लाग्न सक्छ भन्ने अझै स्पष्ट छैन।

गत महिना अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डले पूर्व राष्ट्रपति बाराक ओबामा र उनका राष्ट्रिय सुरक्षा टोलीमाथि ‘वर्षौं लामो कू प्रयास’ गरेको आरोप लगाएका थिए । उनले सार्वजनिक गरेको गोप्य रिपोर्टलाई डेमोक्र्याटहरूले झुटो भनेका छन्।

गब्बार्डले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको खुफिया विवरणलाई ओबामाको प्रशासनले राजनीतिक बनाउँदै ट्रम्पलाई गलत रूपमा रुससँग जोडिएको आरोप लगाएको बताएकी थिइन्।

ट्रम्पले त्यसपछि ओबामालाई ‘देशद्रोही’ भन्दै आरोप लगाएका थिए। ओबामाका प्रवक्ताले त्यस आरोपलाई ‘विचित्र’ भन्दै खण्डन गरेका थिए ।

डेमोक्र्याटहरूको भनाइमा गब्बार्डको रिपोर्टले सन् २०१७ को अमेरिकी गुप्तचर मूल्यांकनलाई अमान्य गर्दैन । गुप्तचर मूल्यांकनले रुसले हिलारी क्लिन्टनको अभियानलाई क्षति पु¥याउन र ट्रम्पलाई सहयोग गर्न खोजेको ठहर गरेको थियो।

सन् २०२० मा सेनेटको द्विदलीय गुप्तचर समिति रिपोर्टमा पनि रुसले ट्रम्पको पक्षमा सहयोग गरेको प्रमाण भेटिएको उल्लेख छ । तर, गत महिना राष्ट्रिय गुप्तचर निर्देशकले उक्त मामलालाई न्याय मन्त्रालयमा सिफारिस गरेका थिए ।

अमेरिकी महान्यायाधिवक्ता बण्डीद्वारा ‘रुसिगेट काण्ड’ को अनुसन्धान गर्न आदेश

महान्यायाधिवक्ता बण्डीले सो सिफारिसमा प्रतिक्रिया दिँदै एक अज्ञात संघीय अभियोजकलाई प्रमाणहरू संकलन गरेर ग्रान्ड जुरी समक्ष प्रस्तुत गर्न निर्देशन दिइन्।

ग्रान्ड जुरी भनेको सर्वसाधारणबाट बनेको एउटा समूह हो, जसले अभियोग लगाउने पर्याप्त प्रमाण छ कि छैन भन्ने निर्णय गर्छ ।





Source link

Leave a Comment