प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार
अमेरिकामा डेल्टा एयरलाइन्सको फ्लाइट ५६ ले तीव्र हावाहुरी (टर्ब्युलेन्स) का कारण आकस्मिक अवतरण गर्नुपरेको छ।
मिनियापोलिस–सेन्ट पाउल अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आकस्मिक अवतरण गर्नुपरेको हो ।
यो विमान आम्स्टर्डाम जाँदै थियो । साल्ट लेक सिटी प्रस्थान गरेको थियो। तर, उडेको झन्डै दुई घण्टापछि मिनियापोलिसमा अवतरण गराउनु परेको छ ।
विमानमा २७५ यात्रु र १३ जना चालक दल थिए ।
अवतरणपछि २५ यात्रुलाई घाइते अवस्थामै अस्पताल पुर्याइएको छ । डेल्टा एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै घाइते यात्रुहरूको तत्काल आवश्यकता अनुसारको सहायता गरिरहेको बताएको छ ।
अमेरिकामा २००९ यता २०७ जना व्यक्तिहरूलाई तीव्र हावाहुरीले गम्भीर चोट पुर्याएको छ । उनीहरुलाई अस्पतालमा ४८ घण्टाभन्दा बढी राख्नुपरेको थियो।
बर्षेनि झन्डै ५ हजार वटा हावाहुरीका गम्भीर घटनाहरू हुने अनुमान गरिएको छ । विश्वभर ३५ मिलियनभन्दा बढी अन्तर्राष्ट्रिय उडानहरूमा हुने गरेका छन ।
जब विमान अशान्त वायुमण्डल हुँदै जान्छ र त्यसले शरीरमा बढी बल पार्छ। यदि सिट बेल्ट नलगाएको अवस्थामा हो भने, त्यो बलले यात्रुलाई सिधै सीटबाट उचाल्न सक्छ ।
यात्रुहरूको सुरक्षाका लागि सिट बेल्ट बाँधिरहनु अत्यन्त आवश्यक रहेको जानकारहरुले बताएका छन ।

