अमेरिकाको आर्कान्ससमा दम्पतिको हत्या, छोरीहरु सकुशल



प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार


अमेरिकाको आर्कान्ससमा एक जोडीको हत्या भएको छ । डेविल्स डेन स्टेट पार्कमा जोडीको हत्या भएको हो । उनीहरुका दुई छोरीहरु भने सकुशल रहेका छन ।

उत्तरपश्चिम आर्कान्ससको डेविल्स डेन स्टेट पार्कमा हाइकिङका क्रममा एक पुरुष र एक महिलाको हत्या भएको पुष्टि प्रहरी अधिकारीहरूले गरेका छन ।

आर्कान्सस राज्य प्रहरीका अनुसार ४३ वर्षीय क्लिन्टन डेभिड ब्रिंक र ४१ वर्षीया क्रिस्टेन अमान्डा ब्रिंक दम्पती मारिएका हुन् । हालै मात्र यो दम्पती प्रेरी ग्रोभ सहरमा बसाइँसराइ गरेर आएका थिए ।

हत्या भएको डेविल्स डेन स्टेट पार्क प्रेरी ग्रोभबाट १२ माइल पूर्व र फायटभिलबाट २५ माइल दक्षिण पर्छ । पीडित दम्पतीसँगै उनीहरूका ७ र ९ वर्षीया छोरीहरू पनि थिए । तर उनीहरूलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

उनीहरू अहिले परिवारजनको जिम्मामा छन् । हत्या भएको बेलामा ती बालिकाहरू घटनास्थलमा नै थिए वा थिएनन भन्ने पुष्टि भइसकेको छैन।

आर्कान्ससकी राज्यपाल सारा हकाबी स्यान्डर्सले डेभिल्स डेन स्टेट पार्कबाट आएको यो हृदयविदारक खबरले अत्यन्त मर्माहित भएको बताइन । उनले अपराधी पत्ता लागेसम्म सुरक्षाकर्मीहरू विश्राम नलिने बताइन ।

प्रहरीका अनुसार हत्यामा संलग्न व्यक्ति मध्यम शरीर भएका, गाढा लामो बाहुला भएको सर्ट, गाढा पाइन्ट, गाढा टोपी र औँला खुला हुने ग्लोभ लगाएका थिए ।
उक्त व्यक्ति कालो सडान कार मा पार्क बाहिर निस्किएको देखिएको थियो । कारको नम्बर प्लेट टेपले छोपिएको थियो।

प्रहरीले उनी हाइवे १७० वा २२० बाट भागेका हुन सक्ने अनुमान गरेको छ । हत्या कुन हतियारले गरिएको हो भन्ने जानकारी दिइएको छैन । हत्या किन गरिएको भन्नेबारे स्पष्ट कारण सार्वजनिक गरिएको छैन ।

अमेरिकाको आर्कान्ससमा दम्पतिको हत्या, छोरीहरु सकुशल

राज्य प्रहरीले मोबाइल फोन वा गोप्रो जस्ता क्यामराले खिचिएका भिडियो वा तस्वीरहरू भएका व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

हत्या भएको क्षेत्रलाई ‘दुर्गम, ग्रामीण, घना जंगल भएको, जहाँ मोबाइल नेटवर्क पनि नआउने’ भनेर वर्णन गरिएको छ । अहिले उक्त ट्रेललाई बन्द गरिएको छ र अनुसन्धान जारी छ।

डेभिल्स डेन स्टेट पार्कलाई आर्कान्सस स्टेट पार्कहरूले ूहाइकिङ, माउन्टेन बाइकिङ र घोडचढीका लागि मनपर्ने गन्तव्यू भनेर वर्णन गरेका छन्।

एक महिना अघि मात्रै त्यहाँ नवनिर्मित क्याम्पग्राउन्डको उद्घाटन गरिएको थियो। तर अहिले त्यो शान्त र रमणीय पार्क एक दर्दनाक हत्याकाण्डको केन्द्र बनेको छ।





Source link

Leave a Comment