एप्स्टिनसम्बन्धी गोप्य सामग्री सार्वजनिक गर्न न्यायाधीशसमक्ष ट्रम्प प्रशासनको निवेदन



प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार


अमेरिकाको न्याय मन्त्रालयले यौन अपराधी जेफ्री एप्स्टिनसम्बन्धी गोप्य सामग्री सार्वजनिक गर्न न्यायाधीशसमक्ष निवेदन दिएको छ । ट्रम्प प्रशासनले उक्त मुद्दा हेरफेर गरेको भन्दै तीव्र आलोचना भएपछि यस्तो कदम चालिएको हो ।

यो निवेदन सन् २०१९ मा एप्स्टिनमाथि लगाइएको यौन तस्करीसम्बन्धी मुद्दाको ग्रान्ड जुरी (विशेष प्रमाण छ कि छैन भन्ने मूल्यांकन गर्ने समिति) को कार्यवाहीसम्बन्धी प्रतिवेदनसँग सम्बन्धित छ,जुन सामान्यतः गोप्य राखिने गरिन्छ ।

यता, राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल, यसको स्वामित्वमा रहेको कम्पनी डाउ जोन्स, सञ्चारमाध्यम रुपर्ट मोर्डच र दुई पत्रकारविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् ।

एप्स्टिनसम्बन्धी गोप्य सामग्री सार्वजनिक गर्न न्यायाधीशसमक्ष ट्रम्प प्रशासनको निवेदन

एप्स्टिनसम्बन्धी गोप्य सामग्री सार्वजनिक गर्न न्यायाधीशसमक्ष ट्रम्प प्रशासनको निवेदन

अखबारले २००३ मा एप्स्टिनको ५० औं जन्मदिनमा ट्रम्पले ‘बॉडी’ (अश्लील) सन्देश पठाएको दाबी गरेको थियो । ट्रम्पले भने उक्त सन्देश नक्कली भएको बताएका छन्।

डाउ जोन्सका प्रवक्ताले भने, “हामी हाम्रो रिपोर्टिङको शुद्धता र सत्यतामा पूर्ण विश्वास गर्छौं र मुद्दाको कानुनी रूपमा डटेर सामना गर्नेछौं।”

बिहीबार ट्रम्पले महान्यायाधिवक्ता पाम बोंडीलाई ग्रान्ड जुरीको गोप्य सामग्री सार्वजनिक गर्न आदेश दिएका थिए।

न्याय मन्त्रालयले पनि न्यूयोर्कस्थित न्यायाधीशसँग औपचारिक रूपमा अनुरोध गर्दै “एप्स्टिनमाथिको मुद्दा सार्वजनिक चासोको विषय भएकोले यो सामग्री सार्वजनिक गर्नुपर्ने आवश्यकता छ ” भनेको छ ।

न्याय मन्त्रालयले एप्स्टिनकी सहयोगी घिस्लेन म्याक्सवेलसम्बन्धी गोप्य फाइलहरू पनि सार्वजनिक गर्न अनुरोध गरेको छ । म्याक्सवेललाई बालयौन तस्करी षड्यन्त्रमा दोषी ठहर गरिएको थियो।

एप्स्टिनसम्बन्धी गोप्य सामग्री सार्वजनिक गर्न न्यायाधीशसमक्ष ट्रम्प प्रशासनको निवेदन

ग्रान्ड जुरीमा धेरैजसो गोप्य साक्षीहरू वा सुरक्षाका कारण पहिचान खुलाउन नहुने व्यक्तिहरूको बयान लिने गरिन्छ ।





Source link

Leave a Comment