अमेरिकामा दुर्घटनामा मृत नेपाली विद्यार्थी राजन र रोजिनको अन्तिम संस्कारका लागि गोफण्डमी



प्रकाशित मिति : असार ३२, २०८२ बुधबार

अमेरिकामा दुर्घटनामा मृत नेपाली विद्यार्थी राजन र रोजिनको अन्तिम संस्कारका लागि गोफण्डमी

फोटो गोफण्डमीबाट

लुजियानाको राजमार्गमा भएको दुर्घटनामा ज्यान गुमाएका २ जना नेपाली विद्यार्थीहरु २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको अन्तिम संस्कारका लागि सहयोग गर्नका लागि गोफण्डमीमा सहयोग अभियान संचालन गरिएको छ । ५० हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा यो समाचार तयार पार्दासम्म ४२ हजार ६ सय ४६ डलर संकलन भएको छ ।

अन्तिम संस्कार तथा नेपालमा परिवारसँग सम्बन्धित विधिपूर्वक कार्यहरू सम्पन्न गर्न आर्थिक सहयोग अत्यन्त आवश्यक भएकोले यथासक्य सहयोगको लागि गोफण्डमीमा अनुरोध गरिएको छ । सानो सहयोगले यो कठिन घडी पार गर्न सहयोग पुग्ने उल्लेख गर्दै समुदायको साथ र सहयोगका लागि आभारी प्रकट गरिएको छ । गोफण्डमी अभियान राजन यादवकका नातेदार पतिराम यादवले संचालन गरेका हुन् ।

तपाईपनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

अमेरिकामा दुर्घटनामा मृत नेपाली विद्यार्थी राजन र रोजिनको अन्तिम संस्कारका लागि गोफण्डमी

अमेरिकामा दुर्घटनामा मृत नेपाली विद्यार्थी राजन र रोजिनको अन्तिम संस्कारका लागि गोफण्डमी

अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत राजन यादव सिराहाका र रोजिन ओली दाङका भएको जनाइएको छ । उनीहरु चढेको गाडी जुलाई १३ आइतबारयुएस हाइवे ८० मा दुर्घटनाग्रस्त भएको थियो।

राति ९ बजे भएको दुघर्टनाको समयमा उक्त क्षेत्रमा भारी वर्षा भइरहेको थियो। यादवले गाडी साधन चलाइरहेका थिए भने गाडी सडकको दायाँतिरबाट बाहिर निस्किएको थियो।

गाडी रूखमा ठोक्किपछि आगोको ज्वाला फैलिएको थियो । लुजियाना टेकले दुई नेपाली विद्यार्थीको मृत्युबारे प्रतिक्रिया दिदै घटनामा अरु २ जना विद्यार्थीहरु पनि गम्भिर घाइते भएको जनाएको छ । दुर्घटना पछि घाइतेहरुलाई अस्पताल लगिएको थियो।

दुर्घटनामा दुई अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई दुःखद रूपमा गुमाएको उल्लेख गर्दै युनिभर्सिटीले विद्यार्थीहरूको मृत्युले सम्पूर्ण लुजियाना टेक परिवार दुखी भएको जनाएको छ। दुःखद घटनाको भार सबैले महसुस गरेको उल्लेख गर्दै विद्यार्थीहरूका प्रियजनहरूप्रति समवेदना व्यक्त गरिएको छ ।

अमेरिकामा दुर्घटनामा मृत नेपाली विद्यार्थी राजन र रोजिनको अन्तिम संस्कारका लागि गोफण्डमी

विद्यार्थीहरूलाई सहयोग गर्न परामर्श सेवाहरू उपलब्ध रहेको र अन्तर्राष्ट्रिय मामिला कार्यालयले स्मृतिमा कार्यक्रम आयोजना गर्ने योजना बनाइरहेको युनिभर्सिटीले जनाएको छ । अधिकारीहरूले मानिसहरूलाई खराब मौसममा सावधानीपूर्वक गाडी चलाउन आग्रह गरेका छन् ।





Source link

Leave a Comment