४ वर्षपछि हुवावे फेरि चीनको मोबाइल बजारको शिखरमा, एप्पलका ब्रान्डहरूको कारोबार किन घट्यो ?



प्रकाशित मिति : असार ३२, २०८२ बुधबार


चिनियाँ प्रविधि कम्पनी हुवावे ४ वर्षको अन्तरालपछि पुनः चीनको मोबाइल बजारमा अग्रस्थानमा पुगेको छ। कम्पनीले आफ्ना प्रतिस्पर्धीहरू (अमेरिकी कम्पनी एप्पल र अन्य चिनियाँ ब्रान्डहरू)लाई पछि पार्दै सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो।

एक नयाँ रिपोर्टअनुसार, २०२५ को दोस्रो त्रैमासिकमा हुवावेले १ करोड २५ लाख मोबाइल बिक्री गर्दै १८ दशमलव १ प्रतिशत बजार हिस्सा ओगटेको छ। विशेषतः विगतमा अमेरिकी प्रतिबन्ध र विभिन्न छानबिनहरूको सामना गरेको अवस्थालाई हेर्दा यो कम्पनीका लागि ठूलो उपलब्धि मानिएको छ ।

तर, चीनको समग्र मोबाइल बजार भने खुम्चिएको देखिएको छ। सोही अवधिमा मोबाइल बिक्री ४ प्रतिशतले घटेर ६ करोड ९० लाखमा झरेको छ।

४ वर्षपछि हुवावे फेरि चीनको मोबाइल बजारको शिखरमा, एप्पलका ब्रान्डहरूको कारोबार किन घट्यो ?

४ वर्षपछि हुवावे फेरि चीनको मोबाइल बजारको शिखरमा, एप्पलका ब्रान्डहरूको कारोबार किन घट्यो ?

अनुसन्धानकर्ता आर्थर गुओ भन्छन्, “चीन–अमेरिका व्यापार सहमति त छ, तर आर्थिक अवस्था अझै कमजोर छ।” उनले थपे, “मानिसहरूले खर्च गर्न हिचकिचाउने अवस्था कायमै छ, त्यसैले मोबाइल माग चाँडै बढ्ने सम्भावना कम छ।”

हुवावे र अमेरिकाबीचको विवाद अझै जारी छ। अमेरिकाले कम्पनीमाथि जासुसीको आरोप लगाउँदै २०१९ देखि विभिन्न प्रतिबन्ध लगाएको थियो, जसलाई हुवावेले अस्वीकार गर्दै आएको छ। त्यसयता हुवावेले अमेरिकी प्रविधीको विकल्पस्वरूप आफ्नै प्रविधि तथा उपकरणहरूको विकासमा ध्यान केन्द्रित गर्दै आएको छ।

यसबीच, एप्पलको प्रदर्शनमा भने गिरावट आएको छ। रिपोर्टअनुसार, एप्पलले दोस्रो त्रैमासिकमा ९६ लाख मोबाइल बिक्री गर्दै केवल १३ दशमलव ९ प्रतिशत बजार हिस्सा मात्रै ओगट्न सक्यो। परिणामस्वरूप, एप्पल अहिले चीनको मोबाइल बजारमा पाँचौँ स्थानमा झरेको छ।





Source link

Leave a Comment