‘रेड सी’ मा हूथी विद्रोहीद्वारा जहाजमाथि हुने आक्रमणको रेकर्ड राख्ने राष्ट्रसंघ सुरक्षा परिषदको निर्णय



प्रकाशित मिति : असार ३२, २०८२ बुधबार


संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले रेड सीमा यमनका हूथी विद्रोहीद्वारा गरिने जहाजमाथिका आक्रमणबारे प्रतिवेदन जारी राख्न अनुमति दिएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद ले यमनका हूथी विद्रोहीहरूद्वारा रेड सीमा गरिएका जहाजमाथिका आक्रमणहरूबारे रिपोर्टिङ प्रतिवेदन जारी राख्न स्वीकृति दिएको हो ।
विद्रोहीहरूले परिषद्को अघिल्लो आह्वानलाई अवज्ञा गर्दै अझै आक्रमण रोक्न अस्वीकार गरिरहेका छन् ।

१५ सदस्यीय सुरक्षा परिषदमा भएको मतदानमा १२ मत पक्षमा परेको छ । यद्यपि रूस, चीन र अल्जेरियाले मतदानमा भाग लिएनन् ।

‘रेड सी’ मा हूथी विद्रोहीद्वारा जहाजमाथि हुने आक्रमणको रेकर्ड राख्ने राष्ट्रसंघ सुरक्षा परिषदको निर्णय

‘रेड सी’ मा हूथी विद्रोहीद्वारा जहाजमाथि हुने आक्रमणको रेकर्ड राख्ने राष्ट्रसंघ सुरक्षा परिषदको निर्णय

उनीहरूले यमनमाथि गरिएका आक्रमणहरूलाई उसको सार्वभौमिकताको उल्लंघन भएको भन्दै असहमति जनाएका छन् । विशेष गरी अमेरिकाले हूथीहरूमाथि गरिरहेका हवाई आक्रमणप्रति संकेत उनीहरुको रहेको हो।

ट्रम्प प्रशासनले रेड सीमा जहाजमाथि भएका आक्रमणहरू र इजरायमाथिक आक्रमणलाई कारण देखाउँदै हूथीहरूलाई निशाना बनाउँदै आक्रमण गर्दै आएको छ । रेड सी विश्वको महत्वपूर्ण व्यापारिक जलमार्ग मानिन्छ।

यो प्रस्ताव अमेरिका र ग्रीसले सह–प्रस्ताव गरेका थिए। प्रस्तावले संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसलाई अब १५ जनवरी २०२६ सम्म प्रत्येक महिना रेड सी मा हूथी आक्रमणबारे सुरक्षा परिषदमा प्रतिवेदन दिनुपर्ने प्रावधानलाई निरन्तरता दिएको हो।

संयुक्त राष्ट्रसंघका लागि कार्यवाहक अमेरिकी राजदूत डोरोथी शेयाले यो प्रस्तावले इरान समर्थित हूथी आतंकवादी समूहबाट उत्पन्न हुने खतराप्रति निरन्तर सतर्क रहन आवश्यक छ भन्ने कुरा मान्यता दिएको बताइन ।

रेड सी मा दुवै व्यापारी जहाजहरू हूथी आक्रमणमा डुबेका थिए। घटनामा निर्दोष समुद्री कर्मचारीहरूको मृत्यु भएको र केही क्रु सदस्यहरूलाई बन्धक बनाइएको उनले बताइन्।

‘रेड सी’ मा हूथी विद्रोहीद्वारा जहाजमाथि हुने आक्रमणको रेकर्ड राख्ने राष्ट्रसंघ सुरक्षा परिषदको निर्णय

हूथी विद्रोहीहरू यमनको उत्तरी भूभागको अधिकांश हिस्सा नियन्त्रणमा राखेका छन् । उनीहरूलाई इरानबाट समर्थन मिलिरहेको आरोप लगाइन्छ। रेड सीमा हुने आक्रमणले विश्वव्यापी आपूर्ति श्रृंखला र ऊर्जा ढुवानीमा ठूलो असर पार्ने खतरा रहेको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषदको यो निर्णयले अन्तर्राष्ट्रिय समुदायले रेड सीमा भइरहेका सुरक्षा चुनौतीलाई गम्भीर रूपमा लिएको स्पष्ट हुन्छ ।





Source link

Leave a Comment