१४४५० भन्दा माथि केस नम्बर हुने डिभी विजेता नेपालीले भिसा नपाउने निश्चित



प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार

१४४५० भन्दा माथि केस नम्बर हुने डिभी विजेता नेपालीले भिसा नपाउने निश्चित

आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक बर्ष २०२५ का नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बरमा समेत सिमाबन्दी तोकिएको छ । सेप्टेम्बरका लागि नेपाली डिभी विजेताहरुका लागि १४ हजार ४ सय ५० केस नम्बर तोकिएकाले अब १४ हजार ४ सय ५० भन्दा माथि केस नम्बर हुने डिभी विजेताको यसबर्षको डिभीमार्फत अमेरिकी सपना समाप्त भएको छ ।

१४ हजार ४ सय ५० भन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने भएका हुन् । सेप्टेम्बर ३० पछि यसबर्षको डिभी समाप्त हुने र अक्टोबर १ देखि आर्थिक बर्ष २०२६ को डिभी सुरु हुने भएकाले सोमबार प्रकाशित भिसा बुलेटिनसँगै १४ हजार ४ सय ५० भन्दा माथि केस नम्बर हुनेहरु निराश भएका छन् । २०२४ भन्दा अगाडिका बर्षहरुमा सामान्यतया अगस्त र सेप्टेम्बर महिनाका लागि सबै डिभी विजेता नेपालीहरुको केस नम्बर करेन्ट हुने वा केस नम्बरको सिमाबन्दी कममात्र रहने गरेको थियो भने गतबर्ष १३ हजारसम्म केसको सिमाबन्दी थियो ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले प्रकाशित गरेको अगस्तको भिसा बुलेटिन अनुशार अगस्तमा १० हजार ६ सय ५० सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा पाउन सक्नेछन् । सन् २०२२ मा अगस्तदेखि नै केसनम्बरमा लगाइएको सिमाबन्दी हटाइएको थियो भने २०२३ को अगस्तमा २० हजार ५ सयसम्म केस नम्बर हुने नेपालीहरुलाई भिसा प्रदान गरिएको थियो । २०२४ को अगस्तमा केसको सिमाबन्दी १२ हजार थियो ।

१४४५० भन्दा माथि केस नम्बर हुने डिभी विजेता नेपालीले भिसा नपाउने निश्चित

१४४५० भन्दा माथि केस नम्बर हुने डिभी विजेता नेपालीले भिसा नपाउने निश्चित

अक्टोबर १ देखि सुरु भएको आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएका छन् । डिभी लोटरीमा छनौट हुनेमा नेपालीहरु एसियामा तेश्रो नम्बरमा छन् । पहिलो नम्बरमा इरानका ५२६७ जनाले डिभी पारेका छन् भने दोश्रो नम्बरमा अफगानिस्तानका ४ हजार ९ जनाले डिभी पारेका छन् । युरोपमा सबैभन्दा धेरै उज्वेकिस्तानका ५५६४, दोश्रोमा टर्कीका ४१९४ र तेश्रोमा युक्रेनका ४००२ जनाले डिभी पारेका छन् । दक्षिण अमेरिकामा क्युबाका २३४८ जनाले डिभी पारेका छन् । अफ्रिकामा अल्जेरियाका ५५२६, इजिप्टका ५५१५, सुडानका ५५०५ र केन्याका ४४५९ जनाले डिभी पारेका छन् ।

५५ हजारले भिसा पाउने भएतापनि कुल १ लाख ३१ हजार ६० जनाले विश्वभरबाट डिभी पारेका छन् । विश्वभरबाट १ करोड ९९ लाख २७ हजार ६ सय ५६ जनाले डिभीका लागि आवेदन दिएका थिए । आर्थिक बर्ष २०२५ को डिभीका लागि छनौट भएकाहरुले २०२५ को सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्छ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।

डिभी २०२५ का आवेदकहरुलाई कम्तीमा सन् २०२५ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ । डिभी परे नपरेको चेक गर्ने एकमात्र आधिकारिक माध्यम भनेको अमेरिकी विदेश मन्त्रालयको यो वेवसाइट नै हो । कतिपय ठगहरुले डिभी परेको भन्दै इमेल पठाउने र ठग्ने गतिविधिसमेत तीब्र भएकाले त्यसबारे सचेत हुन सावधान गराइएको छ ।

अमेरिकी संससदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ सीले ऐतिहासिक रूपमा कम दरमा अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

चिठ्ठा पर्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

१४४५० भन्दा माथि केस नम्बर हुने डिभी विजेता नेपालीले भिसा नपाउने निश्चित

 





Source link

Leave a Comment