तलब वृद्धिको सहमतिपछि फिलाडेल्फिया सहरका हजारौं कामदारहरू काममा फर्किए



प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार


अमेरिकाको फिलाडेल्फिया सहरका हजारौं कामदारहरूको हडताल सकिएको छ । एक साताभन्दा बढी समयसम्म चलेको सहरका कर्मचारीहरूको हडताल अन्ततः टुंगिएको हो ।

सहर र कर्मचारी युनियनबीच तलब र सुविधासम्बन्धी सम्झौता भएपछि यो सहमति भएको हो। हडतालले नगरको घर घरको फोहोर संकलन लगायतका सेवा ठप्प बनाएको थियो ।

डिस्ट्रिक्ट काउन्सिल ३३ अन्तर्गत करिब १० हजार श्रमिकहरू हडतालमा रहेका थिए । फोहोर संकलक, डिस्प्याचर र पानी विभागका कर्मचारी आन्दोलित थिए ।
जुलाई १ देखि उनीहरुले काम छोडेका थिए । उनीहरूले वार्षिक ५ प्रतिशत तलब वृद्धिको माग राखेका थिए ।

तलब वृद्धिको सहमतिपछि फिलाडेल्फिया सहरका हजारौं कामदारहरू काममा फर्किए

तलब वृद्धिको सहमतिपछि फिलाडेल्फिया सहरका हजारौं कामदारहरू काममा फर्किए

अगामी तीन वर्षसम्म हरेक वर्ष ३ प्रतिशत तलब वृद्धि हुने छ। झन्डै आधा कर्मचारीहरूलाई २ प्रतिशत थप वृद्धि हुनेछ भने नयाँ तलब स्तर थपिएर आउने छ ।

सम्झौता अवधि सकिँदासम्म अधिकांश कर्मचारीहरू नयाँ स्तरमा पुग्ने सहमति पत्रमा उल्लेख गरिएको छ । फिलाडेल्फियाकी मेयर चेरल पार्करले कर्मचारीहरूमा गरिएको यो ठूलो लगानी हो भन्दै शहरले आफ्नो आर्थिक सीमा पनि ध्यानमा राखेको बताइन ।

उनले पूल, पुस्तकालय, खेलकुद केन्द्रहरू जस्ता सेवा सामान्य अवस्थामा फर्कन केही समय लाग्न सक्ने भएकाले ‘धैर्यता’ राख्न जनतासँग अनुरोध पनि गरेकी छन । फोहोर संकलन भने सोमबारदेखि पुनः सुरु हुने मेयरले जानकारी दिइन्।

डिस्ट्रिक्ट काउन्सिल ३३ फिलाडेल्फियाका चार ठूला कर्मचारी युनियनमध्ये सबैभन्दा ठूलो हो । श्रमिकहरूको औसत वार्षिक तलब ४६ हजार अमेरिकी डलर रहेको जनाइएको छ।

गत वर्ष मेयर पार्करले पद सम्हालेपछि सबै युनियनका कर्मचारीलाई एकैचोटि ५ प्रतिशत तलब वृद्धि गरेकी थिइन्। यो सम्झौतासहित उनको कार्यकालमा डिस्ट्रिक्ट काउन्सिल ३३ कर्मचारीहरूले जम्मा १४ प्रतिशत तलब वृद्धि पाउनेछन्।

तलब वृद्धिको सहमतिपछि फिलाडेल्फिया सहरका हजारौं कामदारहरू काममा फर्किए

यो सम्झौताले फिलाडेल्फियामा दैनिक जनजीवन सामान्य बनाउने अपेक्षा गरिएको छ।





Source link

Leave a Comment