ट्रम्प र पुटिन बीचको सम्बन्धमा चिसोपना बढ्दै, अमेरिकाद्वारा नयाँ प्रतिबन्धको तयारी



प्रकाशित मिति : असार २५, २०८२ बुधबार


अमेरिकाले रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर रुसविरुद्ध थप प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको बताएका छन ।

ह्वाइट हाउसमा भएको मन्त्रीपरिषद्को बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको प्रतिक्रियामा रूसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भनेर विचार गरिरहेको बताएका हुन ।

विधेयकमा रुसबाट ऊर्जा आयात गर्ने देशहरूमा भारी शुल्क लगाउने प्रावधानका साथै रूसी ऊर्जा उत्पादनलाई समर्थन गर्ने विदेशी कम्पनीहरूमा पनि प्रतिबन्ध लगाउने समावेश रहेको जनाइएको छ ।

ट्रम्प र पुटिन बीचको सम्बन्धमा चिसोपना बढ्दै, अमेरिकाद्वारा नयाँ प्रतिबन्धको तयारी

ट्रम्प र पुटिन बीचको सम्बन्धमा चिसोपना बढ्दै, अमेरिकाद्वारा नयाँ प्रतिबन्धको तयारी

अमेरिकी रक्षा मन्त्रालयलाई युक्रेनका लागि रक्षात्मक हतियार ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको पनि ट्रम्पले घोषणा गरेका छन ।

पछिल्ला दिन रुसले युक्रेनबिरुद्ध हमला तीब्र बनाएको छ । युद्धविरामको अमेरिकी प्रस्तावमा युक्रेन सहमत भएपनि रुस सहमत भएको छैन ।

भ्लादिमिर पुटिन वार्ता र युद्धविरामप्रति सकारात्मक नदेखिएको पछिल्लो समय ट्रम्पले बताउदै आएका छन । चुनावी दौरानको बेला आफु विजयी भएमा रुस युक्रेन युद्ध छिटै अन्त्य गर्ने बाचा गरेका थिए ।

वाचा अनुसारको प्रगति नभएपछि राष्ट्रपति ट्रम्प रुसप्रति निराश बनेका छन । आफनो दोस्रो कार्यकालको प्रारभ्ममा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्किसँगको सम्वन्ध सहज हुन नसकेपनि अहिले भने उनीहरुबीचको सम्वन्ध सहज बन्दै गएको छ । अमेरिका युक्रेनको प्रमुख हतियार सहयोग गर्ने देश हो ।

जेलेन्स्किीले शान्ती वार्ता र युद्धविरामप्रति रुस प्रतिबद्ध नरहेको बताउदै रुसविरुद्ध थप र कडा खालका प्रतिबन्धहरु लागू गर्नुपर्ने बताउदै आएका छन ।

ट्रम्प र पुटिन बीचको सम्बन्धमा चिसोपना बढ्दै, अमेरिकाद्वारा नयाँ प्रतिबन्धको तयारी

पटक पटक भएका वार्तामा सहभागिता जनाउने तर युद्धविरामका लागि तयार नहुने रुसी रणनीति शान्तीका लागि बाधक रहेको उनको दाबी रहेको छ ।





Source link

Leave a Comment