अमेरिकामा दादुरा संक्रमण ३३ वर्ष यताकै उच्च



प्रकाशित मिति : असार २४, २०८२ मंगलबार


अमेरिकामा दादुरा संक्रमण ३३ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार देशभरि हालसम्म १ हजार २७७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यो अत्यधिक सर्ने रोग हो । तर खोपबाट सजिलै रोकथाम गर्न सकिने रोगलाई सन् २००० तिर अमेरिकाबाट समाप्त भएको मानिएको थियो । तर हालको प्रकोपले नयाँ चिन्ता भने पैदा गराएको छ ।

यो वर्ष अमेरिकाका ३८ वटा राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियामा दादुरा संक्रमण देखिएको छ । अहिलेसम्म कम्तीमा ३ जनाको मृत्यु भएको छ । १५५ जना अस्पतालमा भर्ना भएका छन्।

अमेरिकामा दादुरा संक्रमण ३३ वर्ष यताकै उच्च

अमेरिकामा दादुरा संक्रमण ३३ वर्ष यताकै उच्च

रोग नियन्त्रण केन्द्रका अनुसार कुल संक्रमितमध्ये ९२ प्रतिशतले दादुराको खोप नलगाएका थिए ।

टेक्सास राज्य सबैभन्दा बढी प्रभावित छ । टेक्सासमा ७०० भन्दा बढी संक्रमित भेटिएका छन् । क्यान्सास र न्यूमेक्सिको राज्यहरूमा पनि दर्जनौं संक्रमित फेला परेका छन ।

पछिल्लो वर्षहरूमा अमेरिकासहित विश्वका विभिन्न स्थानहरूमा खोपविरोधी धारणा बढ्दै गएको देखिएको छ । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले अघिल्लो समयमा बालबालिकाको खोपबारे गलत सूचना फैलाएका थिए ।

दादुराको महामारीलाई सामान्यजस्तै उन देखाएका थिए। तर महामारी बढेपछि उनले सामाजिक सञ्जाल एक्स मा दादुरा, एमपक्स र रुबेला विरुद्धको खोपलाई ‘दादुराको फैलावट रोक्ने सबैभन्दा प्रभावकारी उपाय’ भन्दै समर्थन गरेका छन्।

सीडीसीका अनुसार सन् १९९० मा अमेरिकामा लगभग २८ हजार दादुराका केसहरू रिपोर्ट भएका थिए । त्यसपछि खोप दर उच्च भएर र तात्कालिक प्रतिक्रिया प्रणालीले दादुरालाई नियन्त्रणमा ल्याइएको थियो।

अमेरिकामा दादुरा संक्रमण ३३ वर्ष यताकै उच्च

सन् २०१४ र २०१९ मा केही केसहरू फेरी देखिए पनि २०१९ मा कुल १ हजार २७४ केस रिपोर्ट भएका थिए ।

अहिले २०२५ मा त्यो संख्या पार गर्दै हालसम्म १ हजार २७७ संक्रमण रिपोर्ट भइसकेका छन्। दादुराले न्यूमोनिया, मस्तिष्क सुन्निने र मृत्युसम्म गराउन सक्छ ।





Source link

Leave a Comment