अमेरिका स्वतन्त्रताको २५० बर्षमा प्रवेश, ह्याप्पी बर्थडे अमेरिका !



प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

अमेरिका स्वतन्त्रताको २५० बर्षमा प्रवेश, ह्याप्पी बर्थडे अमेरिका !

फोटो: हाइस्मिथ, क्यारोल एम/ लाइब्रेरी अफ काँग्रेसबाट

आज फोर्थ जुलाई । आजदेखि अमेरिका स्वतन्त्रताको २५० बर्षमा प्रवेश गरेको छ ।  २४९   बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुट्टै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको थियो ।

सन् १७७६ मा अमेरिकी संसदले स्वतन्त्रताको घोषणापत्र स्वीकार गरेको थियो भने संयुक्त राज्य अमेरिकाको घोषणा गर्दै १३ वटा अमेरिकन उपनिवेशहरुलाई बेलायती साम्राज्यबाट मुक्त गरेको थियो ।

संसदले अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा जुलाई २ मा मतदान गरेपनि हरेक बर्ष फोर्थ जुलाईलाई अमेरिकामा स्वतन्त्रता दिवसका रुपमा मनाइदै आएको छ ।
सन् १७७६ को जुलाई २ सम्म अमेरिका बेलायतको १३ औं उपनिवेशका रुपमा रहेको थियो । उक्त दिन स्वतन्त्रताको घोषणामा मतदान भएपनि केही शब्दमा भएको विवादपछि जुलाई ४ मा स्वतन्त्रताको घोषणापत्रको अन्तिम दस्तावेज पारित गरिएको थियो ।

अमेरिका स्वतन्त्रताको २५० बर्षमा प्रवेश, ह्याप्पी बर्थडे अमेरिका !

अमेरिका स्वतन्त्रताको २५० बर्षमा प्रवेश, ह्याप्पी बर्थडे अमेरिका !

अमेरिका स्वतन्त्रताको २५० बर्षमा प्रवेश, ह्याप्पी बर्थडे अमेरिका !
स्वतन्त्रताको घोषणापत्र

त्यसअगाडि अमेरिकामाथि बेलायती कब्जा थियो । बेलायती कानुनको विभेदपूर्ण व्यवहारका कारण अमेरिकीलाई बेलायती शासन मनपरेको थिएन। यहि क्रममा सन् १७७४ मा १३ मध्ये १२ उपनिवेशका प्रतिनिधिहरू पेन्सलभानिया राज्यको फिलाडेल्फियामा भेला भए । जर्जियाका प्रतिनिधिमात्र अनुपस्थित थिए ।

यी उपनिवेशमा बेलायत विरुद्ध लड्ने तयारी भइरहेको थियो। अनि बेलायत विरुद्ध युद्ध पनि शुरु भयो। सन् १७७५ मा कंग्रेस बस्दा युद्ध चलिरहेको थियो। उक्त कंग्रेसले थोमस जेफरसन र अन्य ज्ञातालाई स्वतन्त्रताको घोषणापत्र तयार गर्ने जिम्मेवारी दियो।

अमेरिका स्वतन्त्रताको २५० बर्षमा प्रवेश, ह्याप्पी बर्थडे अमेरिका !
थोमस जेफरसन

जेफरसनले घोषणापत्र तयार पारेपछि जोन एडम्स्, बेन्जामिन फ्र्याङ्कलिनसहितको समितिलाई मूल्यांकन गर्न दिनुभयो। उक्त समितिले घोषणा पत्रमा केही संशोधन गरेपछि कंग्रेसमा पढेर सुनाइयो।

https://www.youtube.com/watch?v=videoseries

अमेरिकामा शुरूमा १३ राज्यहरू मात्र थिए। ती डेलावर, पेन्सलभेनिया, न्यू जर्सी, जर्जिया, कनेक्टिकट, मासाचुसेट्स, मेरिल्याण्ड, साउथ क्यारोलाईना, न्यु ह्याम्सर, भर्जिनिया, न्यु योर्क, नर्थ क्यारोलाईना र रोड आइल्याण्ड हुन् । बेलायतको उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र बनाउने शुरुका यी १३ राज्य हुन्।





Source link

Leave a Comment