अमेरिकासँग व्यापार सम्झौताका लागि इयू तयार



प्रकाशित मिति : असार १९, २०८२ बिहीबार


युरोपेली सङ्घ ९इयू० अमेरिकासँग जारी कर विवाद समाधानका लागि ’सम्झौताका लागि तयार’ रहेको बताएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन नसक्ने सम्भावनाबीच पनि अमेरिकासँग वार्ताका लागि तयारी गरिरहेको बताएकी हुन ।

सम्झौताका लागि जुलाई ९ सम्मको समयसीमा रहेको उल्लेख गर्दै उनले इयू र अमेरिकाबीचको व्यापार १.५ ट्रिलियन युरो अर्थात ९१.७७ ट्रिलियन अमेरिकी डलर रहेको बताइन ।

अमेरिकासँग व्यापार सम्झौताका लागि इयू तयार

अमेरिकासँग व्यापार सम्झौताका लागि इयू तयार

“यो ठूलो काम हो,” यूरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा उन भनाइ उद्धृत गर्दै लेखिएको छ ।

‘सैद्धान्तिक रूपमा एउटा सम्झौता’ मा पुग्ने लक्ष्यमा जोड दिँदै भोन डेर लेयेनले भनिन , “दुई पक्षबीच व्यापारको विशाल परिमाणको कारण यो छोटोे समयसीमाभित्र विस्तृत सम्झौतालाई अन्तिम रूप दिन असम्भव हुनेछ।”

उनले ‘वार्ता असफल भएमा इयूले प्रतिशोधात्मक कदम चाल्न नहिचकिचाउने पनि बताइन । हामी वार्ताबाट समाधान चाहन्छौँ’ ।

https://www.youtube.com/watch?v=videoseries

व्यापार र आर्थिक सुरक्षाका लागि युरोपेली आयुक्त मारोस सेफकोभिक हाल वासिङ्टनमा छन भने उनले सम्झौता गर्ने प्रयासमा अमेरिकी व्यापार प्रतिनिधिहरूसँग छलफल गरिरहेको बताइएको छ ।

यसैबीच, जर्मनीका चान्सलर फ्रेडरिक मर्जले पनि दुवै पक्षलाई ‘छिटो र सरल सम्झौता’ गर्न आग्रह गर्दै यस्तो सम्झौता फार्मास्युटिकल्स, इन्जिनियरिङ र अटोमोटिभ म्यानुफ्याक्चरिंग लगायत प्रमुख क्षेत्रका लागि महत्वपूर्ण रहेकोमा जोड दिएका छन ।

अमेरिकासँग व्यापार सम्झौताका लागि इयू तयार

हाल अमेरिकाले इयूका कार र अटो पाट्र्समा २५ प्रतिशत र स्टिल र आल्मुनियमका उत्पादनहरूमा ५० प्रतिशत कर लगाएको छ ।

अमेरिकाले काठ, एयरोस्पेसका सामान तथा उपकरण, फार्मास्युटिकल्स, सेमीकन्डक्टर र महत्वपूर्ण खनिजहरू समावेश गर्न कर विस्तार गर्ने तयारी गरिरहेको बताएको छ ।





Source link

Leave a Comment