न्यूयोर्कका डेमोक्रेटिक उम्मेदवार ममदानीको नागरिकतामाथि राष्ट्रपति ट्रम्पले उठाए प्रश्न



प्रकाशित मिति : असार १८, २०८२ बुधबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क सिटीका मेयर उम्मेदवार जोहरान ममदानीको नागरिकतामाथि प्रश्न उठाएका छन् ।

राष्ट्रपति ट्रम्पले दक्षिण फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा न्यूयोर्क सिटीका मेयर पदका डेमोक्रेटिक उम्मेदवार जोहरान ममदानीको नागरिकता अवस्थाबारे शंका व्यक्त गरेका हुन ।

उनले ममदानीको अमेरिका बसाइलाई अवैध भएको संकेत गरे। “धेरै मानिसहरू भन्छन् उनी यहाँ अवैध रूपमा छन्,” ट्रम्पले ३३ वर्षीय डेमोक्रेटिक समाजवादी ममदानीबारे भने। “हामी सबै कुरा जाँच गर्दैछौं । अहिलेको अवस्थामा उनी कम्युनिस्टभन्दा केही कम निस्कनु पर्ने हो, तर अहिले उनी कम्युनिस्ट हुन्।”

न्यूयोर्कका डेमोक्रेटिक उम्मेदवार ममदानीको नागरिकतामाथि राष्ट्रपति ट्रम्पले उठाए प्रश्न

न्यूयोर्कका डेमोक्रेटिक उम्मेदवार ममदानीको नागरिकतामाथि राष्ट्रपति ट्रम्पले उठाए प्रश्न

जोहरान ममदानी कानुनी रूपमा अमेरिकामा छन् । उनी भारतीय मूलका युगाण्डामा जन्मिएका नागरिक हुन् । उनी सन् २०१८ मा अमेरिकी नागरिक बनेका हुन्।

ममदानीले ट्रम्पका आरोपको कडा प्रतिक्रिया दिएका छन् । उनले भने, “राष्ट्रपतिका यी अभिव्यक्तिहरू हाम्रो प्रजातन्त्रमाथिको आक्रमण मात्रै होइन, हरेक त्यस्ता न्यूयोर्कवासीलाई सन्देश दिन खोजिएको हो । जसले आफ्नो आवाज उठाउँछ — यदि तपाईं बोल्नुहुन्छ भने, उनीहरू तपाईंलाई लक्ष्य बनाउँछन्।”

ट्रम्पले ममदानीले आफ्नो चुनावी प्रतिज्ञा अनुरूप आप्रवासन र कस्टम्स प्रवर्तन आइस का आदेशलाई अवज्ञा गरेमा उनलाई पक्राउ गरिने पनि चेतावनी दिए ।
उनको प्रशासनले यसअघि पनि आप्रवासन कडाइ गर्ने अभियानमा डेमोक्रेट नेताहरूलाई हिरासतमा लिएको छ ।

https://www.youtube.com/watch?v=videoseries

नेवार्कका मेयर रस बाराका, न्युजर्सीकी प्रतिनिधि लमोनिका म्याकइभर र ममदानीका प्रतिस्पर्धी तथा न्यूयोर्क सिटीका कम्पट्रोलर ब्र्याड ल्याण्डर पक्राउ परेका थिए ।

ट्रम्प प्रशासनले न्यूयोर्कजस्ता संघीय आप्रवासन अधिकारीसँग सहयोग नगर्ने शहर विरुद्ध पनि कारबाही गर्ने चेतावनी दिएको छ । यसै सन्दर्भमा, प्रशासनले लस एन्जलस विरुद्ध पनि मुद्दा दायर गरेको थियो।

न्यूयोर्कका डेमोक्रेटिक उम्मेदवार ममदानीको नागरिकतामाथि राष्ट्रपति ट्रम्पले उठाए प्रश्न





Source link

Leave a Comment