दलाई लामाले उत्तराधिकारीबारे सम्बोधनमार्फत जानकारी दिनसक्ने सम्भावना



प्रकाशित मिति : असार १६, २०८२ सोमबार


दलाई लामाले उत्तराधिकारीबारे महत्त्वपूर्ण सम्मेलनमा सम्बोधन गर्ने तयारी गरेका छन्। उनको सम्बोधनलाई लिएर अनेक अड्कलबाजी हुन थालेका छन्। दलाई लामाको सम्बोधनले चीनसँगको विवाद पुनः चर्किने सम्भावना पनि उत्तिकै छ।

यस साता दलाई लामाले आफ्नो ९०औँ जन्मदिन मनाउँदै छन्। यसैको पूर्वसन्ध्यामा लामाले बौद्ध धर्मगुरुहरूको तीनदिने ठूलो भेलालाई सम्बोधन गर्दै छन्। उनका अनुयायीहरूले उनको उत्तराधिकारीबारे सम्बोधनमार्फत स्पष्ट जानकारीको अपेक्षा गरेका छन्। यो सम्बोधनको विषयले चीनलाई झन् आक्रोशित बनाउन सक्ने सम्भावना छ।

चीनले दलाई लामालाई पृथकतावादीका रूपमा हेर्छ। उनको उत्तराधिकारी को हुने भन्ने निर्णय आफूले लिने चीनले दाबी गर्दै आएको छ। तर, दलाई लामाले भने आफ्नो उत्तराधिकारी चीनबाहिर जन्मिने बताएका छन्। उनले चीनले तोकेको व्यक्तिलाई अस्वीकार गर्न अनुयायीहरूलाई आह्वान गरेका छन्।

दलाई लामाले उत्तराधिकारीबारे सम्बोधनमार्फत जानकारी दिनसक्ने सम्भावना

दलाई लामाले उत्तराधिकारीबारे सम्बोधनमार्फत जानकारी दिनसक्ने सम्भावना

तिब्बती बौद्ध धर्मअनुसार बौद्ध धर्मगुरुहरू पुनर्जन्म लिएर आफ्नो आध्यात्मिक उत्तराधिकार अगाडि बढाउँछन्। दलाई लामाले वरिष्ठ भिक्षुहरूसँग छलफल गरी सम्भावित उत्तराधिकारी, चाहे त्यो केटा वा केटी होस्, को बारेमा केही सङ्केत दिने बताएका छन्।

दलाई लामाले यसअघि भारतमा पुनर्जन्म लिन सक्ने बताएका थिए। उनी सन् १९५९ मा चिनियाँ शासनविरुद्धको असफल विद्रोहपछि तिब्बतबाट भागेर भारतको हिमालय नजिकैको धर्मशालामा बसोबास गर्दै आएका छन्।

उनलाई दुई वर्षको उमेरमै अघिल्लो दलाई लामाको पुनर्जन्मका रूपमा चिनिएको थियो।

https://www.youtube.com/watch?v=videoseries

तिब्बती संसद इन एक्जाइलकी उपसभामुख डोल्मा छेरिङ टेइखाङले भनिन्, “दलाई लामाले आफैँ उत्तराधिकारीबारे कुरा गर्नु आवश्यक छ, किनभने चीनले उनलाई बदनाम गर्न हरेक अवसर प्रयोग गरिरहेको छ।”

उनले थपिन्, “चीन यो संस्थालाई आफ्नो राजनीतिक फाइदाका लागि कब्जा गर्न खोजिरहेको छ। हामी दलाई लामाको पुनर्जन्म तिब्बती संस्कृति, धर्म र राष्ट्रिय अस्तित्वका लागि मात्र होइन, सम्पूर्ण मानवताको हितका लागि पनि चाहन्छौँ।”

दलाई लामाले उत्तराधिकारीबारे सम्बोधनमार्फत जानकारी दिनसक्ने सम्भावना

तिब्बती प्रमुख राज्य भविष्यवक्ता थुप्तेन ङोदुपले भने, “सामान्यतया जीवित अवस्थामा पुनर्जन्मबारे छलफल हुँदैन, तर अहिले अवस्था फरक छ, किनभने चिनियाँ सरकारले हस्तक्षेप गरिरहेको छ।”

चीनले यस वर्ष मार्चमा दलाई लामा ‘राजनीतिक निर्वासित’ हुन् र तिब्बती जनताको प्रतिनिधित्व गर्ने कुनै अधिकार छैन भनेर भनेको थियो।

चीनले तिब्बत र ताइवानलाई चीनकै अविभाज्य भाग मानेर मात्रै छलफल गर्न सकिने भनेको छ। तिब्बती निर्वासित सरकारले भने यसलाई अस्वीकार गर्दै आएको छ।

यो हप्ता धर्मशालामा आयोजना भइरहेको सम्मेलन सन् २०१९ यता पहिलोपटक आयोजना भएको हो। सम्मेलनमा १०० भन्दा बढी तिब्बती बौद्ध धर्मगुरुहरू सहभागी छन्।





Source link

Leave a Comment