इरानको ‘मिशन स्पेस’ ध्वस्त भएको अमेरिकी रक्षामन्त्रीको दाबी, लीक भएको गुप्तचर रिर्पोट खारेज गरेको घोषणा



प्रकाशित मिति : असार १२, २०८२ बिहीबार

अमेरिकी रक्षामन्त्री पीट हेगसेथ ।
तस्बिर : राससमार्फत एपी

अमेरिकी रक्षामन्त्री पेट हेगसेथले गुप्तचर रिपोर्टहरूलाई खारेज गरेका छन । उनले इरानका आणविक संवर्धन केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणको बचाउ गरेका छन ।

अमेरिकी आक्रमणले प्रमुख युरेनियम स्थलहरू पूर्ण रूपमा ध्वस्त गर्न सकेनन् भन्ने रिर्पोटहरु सार्वजनिक भएका थिए ।

ती रिर्पोटहरुका अनुसार अमेरिकाले आक्रमण गरेर ध्वस्त पारेको भनिएका परमाणु केन्द्रहरु केही महिनाभित्र पुन सञ्चालनमा आउन सक्ने दावी गरिएको थियो ।

इरानको ‘मिशन स्पेस’ ध्वस्त भएको अमेरिकी रक्षामन्त्रीको दाबी, लीक भएको गुप्तचर रिर्पोट खारेज गरेको घोषणा

इरानको ‘मिशन स्पेस’ ध्वस्त भएको अमेरिकी रक्षामन्त्रीको दाबी, लीक भएको गुप्तचर रिर्पोट खारेज गरेको घोषणा

तर हेगसेथ र संयुक्त चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले उक्त मूल्यांकन मुख्य रूपमा एआई मोडेलिङमा आधारित रहेको बताए ।

उनीहरूले प्रेस ब्रिफिङमा “बंकर बस्टर” बमहरूको परीक्षण भिडियो देखाउँदै इरानी भूमिगत केन्द्र फोर्डोमा भएको क्षतिबारे जानकारी गुप्तचर निकायले दिनुपर्ने बताए ।

पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हेगसेथले रक्षा गुप्तचर एजेन्सी बाट आएको प्रारम्भिक मूल्यांकनलाई “पूर्वाग्रही र जानाजानी चुहाइएको” भनेर आलोचना गरे । उनले भने, “कसैले राष्ट्रपति ट्रम्पको सफलतालाई कमजोर देखाउन चाहन्थे।”

https://www.youtube.com/watch?v=videoseries

हेगसेथले इरानले आफ्नो ६० प्रतिशत संवर्धित युरेनियम ४०० किलोग्राम सारिसकेको भन्ने जानकारी ती गुप्तचरहरुसँग नरहेको बताए । यद्यपि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले उक्त युरेनियमको हिसाब किताब हराएको बताएको थियो।

जनरल केनका अनुसार फोर्डो केन्द्रको मुख्य लक्ष्य त्यहाँका सेन्ट्रिफ्यूजहरू रहेको ‘मिशन स्पेस’ लाई ध्वस्त पार्नु थियो ।

इरानको ‘मिशन स्पेस’ ध्वस्त भएको अमेरिकी रक्षामन्त्रीको दाबी, लीक भएको गुप्तचर रिर्पोट खारेज गरेको घोषणा

आक्रमणमा दुईवटा भेन्टिलेसन शाफ्टलाई लक्षित गरिएको थियो। पहिले, कंक्रीटले बनेका सुरक्षात्मक टोपीहरू हटाइए त्यसपछि त्यसै शाफ्ट हुँदै गहिराइमा बंकर बस्टर बम खसालिएको थियो।

“हाम्रा सबै हतियारहरू लक्ष्यअनुसार चलाइएका थिए,” केनले भने । “प्राथमिक क्षति दबाब र विस्फोटबाट खुलेका सुरुङहरू हुँदै फैलिएको शक्तिशाली झट्का थियो जसले महत्त्वपूर्ण उपकरणहरू ध्वस्त पार्यो ।”

सीआईएका निर्देशक जोन र्याटक्लिफले नयाँ गुप्तचर स्रोतबाट प्राप्त सूचनामा तीनवटा प्रमुख आणविक केन्द्रहरू ९फोर्डो, नतान्ज र इस्फाहान० वर्षौँसम्म पुनर्निर्माण गर्न नसकिने क्षति पुगेको दाबी गरे ।

इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईले भने अमेरिकाको आक्रमण “कुनै खास उपलब्धि नभएको” र ट्रम्पले यसको प्रभाव “बढाइचढाइ गरेर” प्रस्तुत गरेको आरोप लगाए।

तर इरानी विदेश मन्त्री अब्बास अराघ्चीले क्षति ूगम्भीरू रहेको स्वीकार गरेपनि पूर्ण मूल्यांकन बाँकी रहेको बताए। उनले इरानी संसदले पारित गरेको आईएइए सँग सहकार्य निलम्बन गर्ने विधेयक अब बाध्यकारी भइसकेको पनि स्पष्ट गरेका छन ।





Source link

Leave a Comment