इरानमा अमेरिकी हमलापछि न्यूयोर्कमा उच्च सुरक्षा सतर्कता, प्रहरी उपस्थिति बृद्धि



प्रकाशित मिति : असार ९, २०८२ सोमबार

UNKs coffee shop during night time

फोटो: एलेक फाभेल

अमेरिकी सेनाले शनिबार इरानमा तीन स्थानमा हवाई आक्रमण गरेपछि न्यूयोर्क प्रहरीले पाँचवटै बरोमा रहेका धार्मिक, सांस्कृतिक र कूटनीतिक स्थलहरूमा प्रहरी उपस्थिति बढाएको छ। प्रहरी कमिश्नर जेसिका टिशले प्रहरी विभागसँग अन्तर्राष्ट्रिय कानून प्रवर्तन एजेन्सीहरूमा एक दर्जनभन्दा बढी गुप्तचरहरू रहेको उल्लेख गर्दै उनीहरूले खतराहरूबारे जानकारी सङ्कलन गर्ने बताएकी छिन्।

न्यूयोर्क शहरका मेयर एरिक आडम्स र टिशले आइतबार इजरायल, यूएई, कतार र जोर्डनमा तैनाथ गुप्तचरहरूसँग मध्यपूर्वमा विकसित घटनाहरू र यसले शहरमा पार्न सक्ने प्रभावबारे छलफल गरेका थिए।

जेसिका टिशले भनिन्, “ती गुप्तचरहरूले मध्यपूर्वका घटनाहरूको जानकारी सङ्कलन गरी न्यूयोर्कको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।” उनले थपिन्, “यी गुप्तचरहरूले न्यूयोर्कवासीलाई इरान र अन्य क्षेत्रबाट सुरक्षित फिर्ता ल्याउन पनि सहयोग गरिरहेका छन्।”

इरानमा अमेरिकी हमलापछि न्यूयोर्कमा उच्च सुरक्षा सतर्कता, प्रहरी उपस्थिति बृद्धि

इरानमा अमेरिकी हमलापछि न्यूयोर्कमा उच्च सुरक्षा सतर्कता, प्रहरी उपस्थिति बृद्धि

गभर्नर क्याथी होचुलले कुनै ठोस खतरा नदेखिए पनि राज्यका सबै सम्भावित जोखिम क्षेत्रहरूमा निगरानी बढाइएको बताएकी छिन्। उनले भनिन्, “हाम्रा सबै एजेन्सीहरू र महत्त्वपूर्ण पूर्वाधारहरू सम्भावित खतराहरूको निगरानीमा छन्। सावधानीस्वरूप एमटीए र पोर्ट अथोरिटीले स्थानीय प्रहरीसँग मिलेर आतंकवादविरोधी उपायहरू लागू गरेका छन्।”

यसका साथै, गभर्नरले राज्य प्रहरीले मस्जिद, चर्च, सिनागग जस्ता पूजास्थलहरू र अन्य संवेदनशील स्थानहरूमा गस्ती बढाउने जानकारी दिइन्। शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक स्थलहरू “पूर्ण रूपमा नष्ट” भएको दाबी गरेपछि न्यूयोर्कमा सुरक्षा सतर्कता थप कडा पारिएको हो।





Source link

Leave a Comment