अमेरिकामा सांसद दम्पति हत्याको आरोप लागेका व्यक्ति ‘डूम्सडे प्रेप्पर’ भएको एफबीआईको दाबी



प्रकाशित मिति : असार ८, २०८२ आईतबार


अमेरिकाको मिनेसोटाका सांसद तथा उनकी श्रीमतीको हत्या अभियोग लागेका व्यक्ति ‘डूम्सडे प्रेप्पर’ भएको एफबीआईले दाबी गरेको छ ।

गत हप्ता मिनेसोटामा भएको गोलीकाण्डमा सांसद र उनकी श्रीमतीको हत्या गरेको आरोप लागेका व्यक्ति ‘डूम्सडे प्रेप्पर’ अर्थात् ठूलो विनाशकारी घटना गराउने तयारी गर्ने समूहका सदस्य भएको एफबीआईले जनाएको हो ।

एफबीआईद्वारा सार्वजनिक अदालत दस्तावेज अनुसार अभियुक्त भान्स बोएल्टरकी पत्नी जेनी बोएल्टरले अनुसन्धानकर्ताहरूलाई आफ्नो परिवारले “ठूला वा प्रलयकारी घटनाको तयारी गर्दै आएको” बताएकी छिन्।

अमेरिकामा सांसद दम्पति हत्याको आरोप लागेका व्यक्ति ‘डूम्सडे प्रेप्पर’ भएको एफबीआईको दाबी

अमेरिकामा सांसद दम्पति हत्याको आरोप लागेका व्यक्ति ‘डूम्सडे प्रेप्पर’ भएको एफबीआईको दाबी

५७ वर्षीय भान्स बोएल्टरमाथि डेमोक्र्याटिक हाउस स्पिकर एमेरिटा मेलिसा होर्टम्यान र उनका पति मार्क होर्टम्यानको गत शनिबार हत्या गरेको अभियोग लागेको छ ।

उनले डेमोक्र्याटिक राज्य सिनेटर जोन होफम्यान र उनकी श्रीमती यभेटलाई पनि गम्भीर घाइते बनाएका थिए । प्रहरीले बोएल्टरले अरू नेताहरूमाथि पनि हमला गर्ने योजना बनाएको आरोप लगाएको छ ।

दुई दिनको खोजतलासपछि प्रहरीले उनलाई आइतबार जंगलको झाडीबाट समातेका थिए। घटनाको केही घण्टापछि उनकी श्रीमती ट्राफिक स्टपमा पक्राउ परेकी थिइन्। उनी चार जना बच्चाहरूलाई लिएर साथीको घर जाँदै थिइन्।

https://www.youtube.com/watch?v=videoseries

एफबीआई एजेन्ट टेरी गेट्सचले “बोएल्टरले श्रीमतीलाई पठाएको सन्देशमा ‘युद्धको तयारी गर्न’, ‘घर छोड्न’, र ‘हतियारधारी मानिसहरू आउने सम्भावना’को चेतावनी दिएका थिए ।

उनको कारबाट करिब १० हजार डलर नगद, पासपोर्ट र दुई थान बन्दुक बरामद गरिएको छ । तर जेनी बोएल्टरमाथि अहिलेसम्म कुनै आपराधिक मुद्दा दायर गरिएको छैन।

अमेरिकामा सांसद दम्पति हत्याको आरोप लागेका व्यक्ति ‘डूम्सडे प्रेप्पर’ भएको एफबीआईको दाबी

जेनीका अनुसार, उनका पतिले आपत्कालीन अवस्थामा घरबाट कसरी भाग्ने भन्ने योजना बनाएका थिए।

उनले भनेकी छन् कि उनका पति वाशिङ्टन राज्यमा एक साझेदारसँग मिलेर ‘रेड लायन’ नामक सुरक्षा कम्पनी र कङ्गोमा माछा समाउने व्यवसाय सञ्चालन गर्थे।

मिनेसोटाका गभर्नर टिम वाल्जले यस आक्रमणलाई “राजनीतिक उद्देश्यप्रेरित लक्षित हिंसा” भनेका छन्। स्थानीय मिडियाका अनुसार बोएल्टरसँग भेटिएको सूचिमा डेमोक्र्याट नेताहरू करिब ७० जनाको नाम थियो।

प्रहरीका अनुसार उनले आफूलाई प्रहरी अधिकृतको रूपमा चिनाएर ती सांसदहरूका घरमा प्रवेश गरेका थिए । उनी प्रहरी पोशाकमा, टेजर र ब्याज लगाएर आएका थिए ।





Source link

Leave a Comment