इजरायल इरान युद्ध : सामाजिक सञ्जालमा भ्रामक र गलत जानकारीको बाढी



प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार


गत हप्ता इजरायलले इरानमाथि हवाई हमला सुरु गरेसँगै सामाजिक सञ्जालमा भ्रामक र गलत जानकारीको ठूलो बाढी आएको छ। दर्जनौं पोस्टहरूले इरानको जवाफी कारबाहीलाई प्रभावशाली देखाउने प्रयास गरेका छन्।

विश्लेषणअनुसार, कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी बनाइएका धेरै भिडियोहरू इरानको सैन्य क्षमताबारे बढाइचढाइ गर्दै देखिएका छन्। केही नक्कली भिडियोहरूले इजरायली लक्ष्यमाथि हमला भएको भनी देखाएका छन्। फेक भिडियोहरू १० करोडभन्दा धेरै पटक हेरिएका छन्।

दोस्रो तर्फ, प्रो-इजरायली खाताहरूले पनि इरानको आन्तरिक असन्तोष देखाउने भन्दै पुराना भिडियोहरू पुनः सेयर गरेका छन्, जसमा इरानी जनताले इजरायली हमला समर्थन गरेको भनी गलत दाबी गरिएको छ।

इजरायल इरान युद्ध : सामाजिक सञ्जालमा भ्रामक र गलत जानकारीको बाढी

इजरायल इरान युद्ध : सामाजिक सञ्जालमा भ्रामक र गलत जानकारीको बाढी

जीइयो कन्फर्मण्ड नामक एक अनलाइन प्रमाणिकरण संस्थाले भ्रामक सामग्रीको मात्रा “आश्चर्यजनक” छ भनेको छ। उनीहरूले केही “इन्गेजमेन्ट फार्मरहरू” ले अधिक ध्यान आर्जन गर्न यस्तो सामग्री उत्पादन गरिरहेको आरोप लगाएका छन्।

“पाकिस्तानका असम्बन्धित भिडियोहरूदेखि लिएर २०२४ को अक्टोबरको पुराना आक्रमण क्लिपसम्म, केहीले २ करोडभन्दा धेरै हेराइ पाएका छन्,” संस्थाले X मा लेखेको छ। साथै, भिडियो गेमका क्लिपहरू र एआईले बनाएका दृश्यहरूलाई वास्तविक भनिएको पाइएको छ।

धेरै अकाउन्टहरूले तेल अभिवमाथि मिसाइल वर्षा भएको देखाउने भिडियो, इजरायली लडाकु विमान ध्वस्त पारिएको झूटा भिडियो, र बंकरबाट मिसाइलसहित ट्रकहरू निस्किरहेको देखाउने एआई निर्मित क्लिपहरू सेयर गरेका छन्।

https://www.youtube.com/watch?v=videoseries

गेट रियल संस्थाकी प्रमुख अनुसन्धान अधिकृत इमानुएल सालिबाले कुनै युद्धमा एआई सामग्रीलाई यस्तो ठूलो स्तरमा प्रयोग गरिएको यो पहिलो पटक भएको बताएकी छन्।

एक भिडियो, जसमा तेल अभिवमा रातको समयमा मिसाइलले आक्रमण गरेको देखाइएको छ, यो भिडियोलाई २७ मिलियन पटक हेरिएको छ। यस्ता भिडियोहरू प्रायः रातको समयमा देखाइन्छ, जसले सत्यता पत्ता लगाउन झनै गाह्रो बनाउँछ।

इजरायल इरान युद्ध : सामाजिक सञ्जालमा भ्रामक र गलत जानकारीको बाढी

लडाकु विमानमाथि केन्द्रित फेक सामग्री रूससँग सम्बन्धित अभियानसँग जोडिएको हुनसक्ने बताइएको छ।

डेली इरान मिलेटेरी अकाउन्टको जुन १३ मा ७ लाख फलोअर्सबाट जुन १९ सम्ममा १४ लाख पुगेको छ। यो अकाउन्टको इरानी सरकारसँग कुनै सम्बन्ध नरहेको देखिन्छ। यस्ता धेरै अकाउन्टहरूले ब्लु टिक पाएका छन्।

उनीहरूले नियमितरूपमा पोस्ट गर्ने गरेका छन्। सरकारीजस्ता नाम प्रयोग गरी जनता झुक्याउने प्रयास उनीहरूले गरिरहेका छन्, तर कसले चलाइरहेका छन् भन्ने स्पष्ट छैन।

इजरायली रक्षा बल र तेहरानको राज्य-सञ्चालित मिडियाले पनि केही झूटा भिडियोहरू सेयर गरेका छन्। IDF द्वारा सेयर गरिएको एक क्लिपमा पुरानो मिसाइल आक्रमणको भिडियो प्रयोग भएको पाइएपछि X मा चेतावनी नोट थपिएको थियो।

इरान-इजरायलबीचको हालको तनावले युद्ध अब केवल हतियार र मैदानमा मात्र सीमित छैन भन्ने देखाएको छ। यसले सूचना र गलत सूचना पनि युद्धको हतियार बनिसकेको देखिएको छ। एआई प्रविधिको प्रयोगले यस भ्रामक युद्धलाई अझ जटिल बनाएको छ, जसले सत्य र झूट छुट्याउन झन् कठिन बनाएको छ।





Source link

Leave a Comment