नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने संभावना बलियो



प्रकाशित मिति : असार ४, २०८२ बुधबार


नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने संभावना देखिएको छ । नेपालस्थित अमेरिकी दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा स्पष्ट रुपमा एमसीसीले निरन्तरता पाउने नभने पनि सकारात्मक संकेत भने दिएको छ ।

फेब्रुअरी २०२५ मा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायता सम्बन्धी समीक्षा चलिरहेकै बेला लागु गरिएको ९० दिने रोकमा एमसिसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसीसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिएको विज्ञप्तिमा बताइएको छ ।

यस अपवादले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको छ । एमसीसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै यस समीक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने संभावना बलियो

नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने संभावना बलियो

एमसीसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए नेपाल सँग निकट सहकार्य गर्दै कम्प्याक्ट अन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधिहरू (सम्भावित नयाँ प्रतिबद्धतासहित) अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको बिज्ञप्तिमा भनिएको छ।

अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवर्द्धन गर्ने प्रयासप्रति प्रतिबद्ध रहेको अमेरिकी दूतावासले बताएको छ ।

यो विज्ञप्तिले मिलेनियम च्यालेन्ज कर्पोरेसनको ७५ अर्ब रुपैयाँ अर्थात ५५ करोड अमेरिकी डलर अनुदानमा सञ्चालन भइरहेको परियोजनाले निरन्तरता पाउने सम्भावना देखिएको छ ।

नेपालमा एससीसीका अनुदानमा बन्ने परियोजनाहरूमध्ये तीनवटा सबस्टेसन तथा १८ किलोमिटर प्रसारण लाइनको ठेक्का लागिसकेको छ । त्यसमध्ये केही ठाउँहरूमा भौतिक निर्माण पनि सुरु भइसकेको छ ।

एमसीसी अमेरिकाको वैदेशिक सहायता गर्ने एजेन्सी हो । यसले खासगरी गरिबी न्यूनीकरणका लागि काम गर्छ । यसको स्थापना अमेरिकी कंग्रेसले सन २००४ मा गरेको थियो ।

नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने संभावना बलियो

एमसीसीले अवधि तोकिएका अनुदान कार्यक्रमलाई सहयोग गर्छ । ती आर्थिक वृद्धि, गरिबी न्यूनीकरण, संस्थागत सुदृढीकरणसँग सम्बन्धित हुन्छन् ।





Source link

Leave a Comment