अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले रक्त र प्लाज्मा दान गर्न पाउने नियम लागू हुँदै



प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

फोटो : कियान झाङ

अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले अब रक्त र प्लाज्मा दान गर्न पाउने भएका छन ।

त्यहाँको सरकारले लगाएको पुराना प्रतिबन्ध हटाउन थालेसंँगै अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले रक्तदान र प्लाज्मा दान गर्न पाउने भएका हुन ।

प्लाज्मा दान सम्बन्धी नयाँ नियम १४ जुलाई २०२५ देखि लागू हुनेछन् । रक्तदान सम्बन्धी परिवर्तन भने २०२६ मा कार्यान्वयनमा आउनेछ ।

अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले रक्त र प्लाज्मा दान गर्न पाउने नियम लागू हुँदै

अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले रक्त र प्लाज्मा दान गर्न पाउने नियम लागू हुँदै

यौन सक्रिय समलिंगी र उभयलिंगी पुरुषहरूलाई रक्तदान वा प्लाज्मा दान गर्न प्रतिबन्ध लगाउने कानून अष्ट्रेलियामा लामो समयदेखि लागू रहेको थियो ।

यो नियम पहिले एचआईभी संक्रमणको जोखिम उच्च भएको समूहबाट रक्तदानको खतरा घटाउने उद्देश्यले लागू गरिएको थियो । तर अब बेलायत र अमेरिकाले गरेजस्तै अष्ट्रेलियाले पनि यस्तो प्रतिबन्ध हटाउने घोषणा गरेको हो।

यौन क्रियाकलापमा आधारित सबै प्रतिबन्धहरू प्लाज्मा दानका लागि पूर्ण रूपमा हटाउने अष्ट्रेलिया पहिलो देश बन्न लागेको राष्ट्रिय रक्तदान संस्था लाइफब्लड ले जनाएको छ।

यो निर्णय देशको स्वास्थ्य उत्पादन नियामकद्वारा स्वीकृत भइसकेको छ । यसबाट ६ लाख २५ हजार नयाँ रक्तदाता थपिने अनुमान गरिएको छ ।

अघिल्लो नियम अनुसार गत तीन महिनामा पुरुषसँग यौन सम्बन्ध राखेका पुरुषहरू र ट्रान्सजेन्डर महिलाहरू, साथै यौन व्यवसायीहरू र उभयलिंगी पुरुषसँग यौन सम्बन्ध राख्ने महिलाहरू रक्त वा प्लाज्मा दान गर्न अयोग्य मानिन्थे।

अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले रक्त र प्लाज्मा दान गर्न पाउने नियम लागू हुँदै

तर अब ६ महिनाभन्दा लामो समयदेखि एउटै पार्टनरसँग यौन सम्बन्धमा रहेका मानिसहरू चाहे जेन्डर वा यौन पहिचान जे भए पनि – रक्तदानका लागि योग्य हुने भएका छन्।

अबदेखि लाइफब्लड ले मानिसहरूलाई ‘तपाईंले पछिल्लो तीन महिनामा पुरुषसँग यौन सम्बन्ध राख्नुभएको छ’ ? भनेर सोध्ने छैनन।

त्यसको सट्टामा, सबै दाताहरूलाई ‘के तपाईंले पछिल्लो तीन महिनामा नयाँ वा एकभन्दा धेरै पार्टनरसँग गुदा मैथुन गर्नुभएको छ’ ? भनेर सोधिनेछ ।

एचआईभी रोकथामका लागि प्रयोग गरिने औषधि लिनेहरू पनि अब प्लाज्मा दान गर्न योग्य हुनेछन् । यद्यपि तिनीहरू अझै रक्तदान गर्न भने अयोग्य नै रहनेछन्।

हालैका वर्षहरूमा विश्वभर र अष्ट्रेलियामा प्लाज्माको माग ऐतिहासिक रूपमा उच्च भएको छ । यस कारण लाइफब्लडले यो परिवर्तनबाट आपूर्ति थप बढ्ने आशा राखेको छ।





Source link

Leave a Comment