न्युजर्सीको आप्रवासन हिरासत केन्द्रबाट भागेका मध्ये दुई पक्राउ



प्रकाशित मिति : असार २, २०८२ सोमबार


न्युजर्सीको न्युवार्कस्थित आप्रवासन हिरासत केन्द्रबाट भागेका चारमध्ये दुई जना पक्राउ परेका छन ।

न्युवार्कको डेलानी हल आप्रवासन हिरासत केन्द्रबाट भागेका चार जना बन्दीमध्ये दुई जनालाई पुनः पक्राउ गरिएको एफबीआई ले जानकारी दिएको हो।

डेलानी हल निजी स्वामित्वमा रहेको १ हजार शय्याको हिरासत केन्द्र हो । त्यहाँबाट बिहीबार चार जना आप्रवासी बन्दीले “भित्री पर्खाल भत्काएर” भागेका न्युवार्कका मेयर रस बराकाले एक्समा यसबारे जानकारी दिएका हुन ।

न्युजर्सीको आप्रवासन हिरासत केन्द्रबाट भागेका मध्ये दुई पक्राउ

न्युजर्सीको आप्रवासन हिरासत केन्द्रबाट भागेका मध्ये दुई पक्राउ

एफबीआईले पुष्टि गरेअनुसार जोएल एनरिक सान्दोवाल लोपेज र जोन सेबास्टियन कास्तानेडा लोजादा पुनः नियन्त्रणमा लिइएका छन्।

बाँकी दुई फरार फ्राङ्कलिन नोर्बर्टो बाउटिस्टा रेयेस र आन्द्रेस फेलिपे पिनेडा मोगोल्लोनका लागि एफबीआईले प्रत्येकमा १० हजार अमेरिकी डलर इनाम घोषणा गर्दै ‘वांटेड पोस्टर’ सार्वजनिक गरेको छ।

एफबीआई र डीएचएसको विज्ञप्ति अनुसार चारै जनालाई आपराधिक अभियोगमा पहिले नै पक्राउ गरिएको थियो। चारै जनालाई संघीय हिरासतबाट भागेको अभियोगमा थप मुद्दा लाग्नेछ।

डेलानी हलमा मे महिनादेखि पटक पटक विरोध प्रदर्शन हुँदै आएको छ। यो केन्द्र जीइओ ग्रुप नामक निजी जेल कम्पनीद्वारा संचालित छ ।

कंग्रेस सदस्य लामोनिका म्याकइभर र न्युवार्कका मेयर रस बराका समेत त्यहाँ भएको विरोध प्रदर्शनमा पक्राउ परेका थिए।

न्युजर्सीको आप्रवासन हिरासत केन्द्रबाट भागेका मध्ये दुई पक्राउ

बराकामाथिको अभियोग हटाइएको थियो । तर म्याकइभरमाथि संघीय अधिकारीको कार्यमा अवरोध पुर्याएको अभियोग लगाइएको छ। म्याकइभरले ती आरोपहरू निराधारू रहेको बताएकी छन्।

डेलानी हलमा भएको भागदौडको प्रमुख कारण त्यहाँको ‘अत्यन्त खराब अवस्था’भएको बताइएको छ।

न्युजर्सी एलायन्स फर इमिग्रेन्ट जस्टिस की कार्यकारी निर्देशक एमी टोरेसका अनुसार हिरासत केन्द्रमा खाना अभाव, नपिउन मिल्ने पानी, कमजोर पर्खाल र अपर्याप्त स्टाफिङ का कारण स्थिति अत्यन्तै बिग्रिएको हो।

तर डीएचएसले भने हिरासत केन्द्रमा ठूलो विद्रोह नभएको बताएको छ। एफबीआईले बाँकी दुई फरार व्यक्तिहरूको खोजी जारी राखेको बताएको छ । उनीहरुका बारेमा जानकारी दिनेलाई पुरस्कृत गर्ने बताएको छ।





Source link

Leave a Comment