इजरायलले इरानमाथि सफल आक्रमण गरेको अमेरिकाको भनाइ



प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

फोटो : रासस

अमेरिकाले इजरायलले इरानमाथि सफल आक्रमण गरेको बताएको छ। यसका साथै अमेरिकाले इरानलाई परमाणु सम्झौताका लागि चेतावनी पनि दिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इजरायलको पक्षमा रहेको बताएका छन्। उनले इजरायलले इरानमाथि रातभर गरेको आक्रमणलाई “एकदमै सफल हमला” भनेका छन्। साथै उनले इरानलाई “समय सकिनुअघि” परमाणु सम्झौता गर्न चेतावनी पनि दिए।

यसअघि, इरानमाथिको इजरायली हमलापछि विदेशमन्त्री मार्को रुबियोले आक्रमणमा अमेरिकाको संलग्नता नरहेको बताएका थिए। तर, ट्रम्पले भने, “हामी अवश्य इजरायललाई समर्थन गर्छौं, त्यसमा कुनै शंका छैन। हामीले यति समर्थन गरेका छौं कि अरूले कहिल्यै गरेका छैनन्।”

इजरायलले इरानमाथि सफल आक्रमण गरेको अमेरिकाको भनाइ

इजरायलले इरानमाथि सफल आक्रमण गरेको अमेरिकाको भनाइ

ट्रम्पले इरानलाई ६० दिने चेतावनी दिएको दाबी गर्दै भने, “६१ औं दिनमा हमला भएको हो। उनीहरूले मेरो कुरा सुन्नुपर्थ्यो। अहिले पनि ढिलो भएको छैन, तर छिट्टै हुनेछ।” उनले आफूले कुरा गरेका केही मानिसहरू अब जीवित नरहेको पनि बताए, तर ती ‘मानिस’ को थिए भन्ने स्पष्ट पहिचान भने दिएनन्।

विदेशमन्त्री मार्को रुबियोले जारी गरेको वक्तव्यमा इजरायलले एकल निर्णयमा इरानमाथि हमला गरेको र यसमा अमेरिका संलग्न नभएको उल्लेख गरेका थिए। ह्वाइट हाउसका अनुसार, ट्रम्पले इजरायली प्रधानमन्त्री नेतान्याहूसँग फोनमा कुरा गरेका थिए र आक्रमण हुनुअघि केही पटक संवाद भएको स्रोतले जनाएको छ।

अमेरिकी विशेष दूत स्टीभ विटकोफले अझै पनि ओमानमा आइतबारका लागि तय गरिएको छैटौं चरणको परमाणु वार्ताका लागि तयार रहेको बताएका छन्, तर वार्ता हुने सम्भावना भने कमजोर देखिएको छ।

अमेरिकी अधिकारीहरूले मध्यपूर्वका अमेरिकी दूतावासहरूमा आपतकालीन सुरक्षा समीक्षा भइरहेको बताएका छन्। ओमानले इरान-अमेरिका वार्ता मध्यस्थता गर्दै आएको छ, तर पछिल्ला तनावका कारण वार्ता अवरुद्ध हुन सक्ने संकेत देखिएको छ।

छ पटकसम्म वार्ता भए पनि मुख्य अड्चनहरू परमाणु सम्झौतामा अझै बाँकी छन्। इरानले परमाणु संवर्द्धनमा आफ्नो अधिकारको माग गरिरहेको छ, जुन अमेरिकी पक्षका लागि विवादास्पद विषय हो।

इजरायलले इरानमाथि सफल आक्रमण गरेको अमेरिकाको भनाइ





Source link

Leave a Comment