अमेरिकी हिरासतमा रहेका खलीललाई डिपोर्ट गर्न ट्रम्प प्रशासनलाई अदालतको रोक



प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार


संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई महमुद खलीललाई निर्वासन वा थुनामा राख्न रोक लगाएका छन ।

न्यूयोर्कमा संघीय न्यायाधीशले निर्णय सुनाउँदै ट्रम्प प्रशासनले कोलम्बिया विश्वविद्यालयका विद्यार्थी महमुद खलीललाई देश निकाला गर्न र थुनामा राख्न रोक लगाएका हुन ।

तर न्यायाधीश माईकल फर्बियार्जले आफ्नो निर्णयमा १३ जुनको बिहानसम्मको लागि यो रोक लगाएका बताएका छन् । यो सिमितताले संघीय सरकारलाई अपिल गर्न समय दिएको छ । त्यस अवधिसम्म खलील हिरासतमा नै रहनेछन्।

अमेरिकी हिरासतमा रहेका खलीललाई डिपोर्ट गर्न ट्रम्प प्रशासनलाई अदालतको रोक

अमेरिकी हिरासतमा रहेका खलीललाई डिपोर्ट गर्न ट्रम्प प्रशासनलाई अदालतको रोक

३० वर्षीय खलील एकजना वैध स्थायी आवास अर्थात ग्रीन कार्ड प्राप्त अमेरिकी बासिन्दा हुन् । न्यायाधीश फर्बियार्जले आफ्नो लिखित आदेशमा उनलाई हिरासतमा राख्न वा देश निकाला गर्न कुनै बलियो कारण छैन भनेका छन ।

मार्चमा न्यूयोर्कस्थित आफ्नो घरबाट पक्राउ परेका खलीललाई लुइसियानास्थित एक हिरासत केन्द्रमा राखिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल गाजा युद्धविरुद्ध प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गर्दै कडाइ गरेको नीति अन्तर्गत खलील पक्राउ परेका थिए।

खलीलको गिरफ्तारीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि र अप्रिलमा उनी हिरासतमा रहँदा उनको सन्तान जन्मिएको खबरले यो मुद्दाले राष्ट्रिय चर्चा बनाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले खलीलको उपस्थितिले अमेरिकी विदेश नीतिमा असर पार्ने दाबी गर्दै उनलाई देशनिकाला गर्नुपर्ने बताएका थिए । तर न्यायाधीश फर्बियार्जले उक्त दाबीको आधारमा उनलाई थुनामा राख्न वा देश निकाल्न सकिने भनेर शंका व्यक्त गरेका छन्।

अमेरिकी हिरासतमा रहेका खलीललाई डिपोर्ट गर्न ट्रम्प प्रशासनलाई अदालतको रोक

उनले थप लेखेका छन्, “खलीलको करियर र प्रतिष्ठामा क्षति पुगेको छ, र उनको अभिव्यक्ति स्वतन्त्रता दमन गरिएको छ — जुन अपूरणीय क्षतिमा पर्छ।” साथै, उनले यो मुद्दामा खलीलको जीत हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

संघीय सरकारले यस आदेशविरुद्ध अपिल गर्ने सम्भावना छ। खलीलका कानूनी प्रतिनिधि अमेरिकन सिभिल लिबर्टिज युनियन ले यो निर्णयलाई ऐतिहासिक विजयको रूपमा स्वागत गरेका छन्।





Source link

Leave a Comment