अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा पूर्व सिआईए विश्लेषकलाई ३७ महिनाको जेल सजाय



प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार


इजरायलले इरानमाथि आक्रमण गर्न लागेको योजनासम्बन्धी गोप्य अमेरिकी दस्तावेज चुहाएको आरोपमा एक पूर्व सिआईए विश्लेषकलाई ३ वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ।

३४ वर्षीय आसिफ विलियम रहमानले यस वर्ष जनवरीमा जासुसी ऐन अन्तर्गत राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य जानकारीको जानाजान संरक्षण र हस्तान्तरण गरेको आरोपमा दोष स्वीकार गरेका थिए।

अधिकारिहरूका अनुसार रहमानले आफ्नो उच्च स्तरको सुरक्षा अनुमतिलाई दुरुपयोग गर्दै टप सेक्रेट दस्तावेजहरू प्रिन्ट, फोटोग्राफ र पठाएका थिए । पछि सामाजिक सञ्जालमार्फत ति दस्तावेजहरु सार्वजनिक भएका थिए ।

अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा पूर्व सिआईए विश्लेषकलाई ३७ महिनाको जेल सजाय

अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा पूर्व सिआईए विश्लेषकलाई ३७ महिनाको जेल सजाय

गत वर्ष अक्टोबरमा इजरायलले इरानले मिसाइल आक्रमण गरेपछि प्रतिक्रिया स्वरूप विभिन्न सैन्य ठेगानाहरूमा हवाई आक्रमण गरेको थियो ।

रहमानद्वारा चुहाइएका दस्तावेजहरूमा उक्त आक्रमणभन्दा पहिलाको तयारीसम्बन्धी विवरण र अमेरिकी मूल्यांकन रहेको बताइएको छ।

राष्ट्रिय सुरक्षा विभागका सहायक अटर्नी जनरल जोन आइसेनबर्गले महिनौंसम्म अभियुक्तले अमेरिकी जनतालाई धोका दिएको बताएका छन । उनले राष्ट्रको सबैभन्दा गोप्य सूचनाहरू चुहाएर आफूले लिएको शपथ तोडेका उनले बताए ।

२०२४ को अक्टोबरमा अमेरिकी रक्षा मन्त्रालयसम्बन्धी देखिने दस्तावेजहरू इरान समर्थित एक टेलिग्राम च्यानलमा प्रकाशित भएका थिए ।

ती दस्तावेजहरू फाइभ आईज गुप्तचर साझेदारी अन्तर्गत रहेका थिए । जसमा अमेरिका, बेलायत, क्यानडा, न्युजिल्याण्ड र अष्ट्रेलिया समावेश छन् ।

अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा पूर्व सिआईए विश्लेषकलाई ३७ महिनाको जेल सजाय

दस्तावेजमा इजरायलको अझै औपचारिक रूपमा स्वीकार नगएको परमाणु क्षमतासम्बन्धी सन्दर्भ पनि रहेको जनाइएको छ ।

यो प्रकरणले राष्ट्रिय सुरक्षाका गोप्य सूचना चुहाउँदा हुने गम्भीर कानुनी परिणाम र अन्तर्राष्ट्रिय कूटनीतिक प्रभावलाई उजागर गरेको छ।





Source link

Leave a Comment