लस एन्जलसमा प्रदर्शन नियन्त्रणमा लिन मरीन परिचालन, गभर्नरद्वारा आलोचना



प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार

अमेरिकाको लस एन्जलसमा प्रदर्शन नियन्त्रणमा लिनका लागि मरीन परिचालन गरिएको छ । विरोध प्रर्दशन कम नभएपछि ७०० भन्दा बढी मरीन सैनिक परिचालन गरिएको हो ।

क्यालिफोर्नियास्थित मरीन कोर्प्स एयर ग्राउन्ड कम्ब्याट सेन्टरबाट ७०० भन्दा बढी अमेरिकी मरीनहरूलाई लस एन्जलसमा भइरहेको विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन परिचालन गरिएको बताइएको छ ।

यी मरीन सैनिकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सक्रिय गरिएका नेसनल गार्ड सदस्यहरूसँग मिलेर काम गर्नेछन् ।

लस एन्जलसमा प्रदर्शन नियन्त्रणमा लिन मरीन परिचालन, गभर्नरद्वारा आलोचना

लस एन्जलसमा प्रदर्शन नियन्त्रणमा लिन मरीन परिचालन, गभर्नरद्वारा आलोचना

ट्रम्पले क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजम वा लस एन्जलसका मेयरको सहमति विना यी सैनिकहरू सक्रिय गरेकाले यस निर्णयलाई व्यापक आलोचना गरिएको छ ।

पूणर् मरीन बटालियनको तैनाथी ट्रम्पद्वारा प्रदर्शनकारीहरूमाथि सेनाको प्रयोगमा एक ठूलो कदमको रुपमा हेरिएको छ ।

स्रोतहरूका अनुसार नेसनल गार्ड जस्तै, मरीनहरूलाई पनि विद्रोह ऐन घोषणा नगरेसम्म कानून कार्यान्वयनका गतिविधि गर्न निषेध गरिएको छ । उनीहरुले पक्राउ गर्न भने पाउने छैनन ।

अमेरिकी उत्तरी कमाण्डका अनुसार उनीहरू “टास्क फोर्स ५१” लाई पर्याप्त जनशक्ति दिन तैनाथ गरिएका हुन् । उनीहरुले लस एन्जलस क्षेत्रको निरन्तर निगरानी गर्ने छन ।

मरीनहरू लस एन्जलसमा पहिलेबाट तैनाथ गार्ड सदस्यहरूको सहयोगका लागि पठाइएका हुन् । राष्ट्रपति ट्रम्पले २ हजार भन्दा बढी क्यालिफोर्निया नेसनल गार्ड सदस्यहरूलाई सक्रिय गरे पनि हालसम्म करिब ३०० मात्र लस एन्जलसमा तैनाथ गरिएको छ ।

लस एन्जलसमा प्रदर्शन नियन्त्रणमा लिन मरीन परिचालन, गभर्नरद्वारा आलोचना

यी प्रारम्भिक ३०० गार्ड सदस्यहरू नियमित ड्रिलमा सहभागी भइरहेका बेला तुरुन्तै सक्रिय गरिएका थिए ।

अन्य गार्ड सदस्यहरूलाई तयारी हुन करिब ७२ घण्टा लाग्न सक्छ । मरीनहरू पछिल्ला दुई दिनमा तैनाथ गार्ड सदस्यहरूको सहायता गर्नेछन् ।

मरीनहरू भिड नियन्त्रण, सुरक्षा घेरा बनाउने जस्ता कामहरूमा समावेश हुनसक्छन् । रक्षा मन्त्रालयका कानूनी सल्लाहकारहरूले पनि परिचालित सैनिकहरूको लागि बल प्रयोग सम्बन्धी नियमहरू तयार पारिरहेका छन् ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले मरीनहरूको सहभागितालाई “अनावश्यक” भन्दै आलोचना गरेका छन्। उनले देशकै उत्कृष्ट सैन्य शाखालाई आफ्नै नागरिकहरूविरुद्ध खटाउनु पूर्णतः अनावश्यक, अनुचित भएको बताएका छन ।

लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले मरीनहरूको तैनाथी अघि सबै एजेन्सीहरूबीच “खुला र निरन्तर संवाद” आवश्यक रहेको बताएका छन्।





Source link

Leave a Comment