कोलम्बियामा राष्ट्रपति उम्मेदवारमाथि गोली प्रहार, १५ वर्षीय किशोर नियन्त्रणमा



प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा सन् २०२६ का राष्ट्रपति उम्मेदवार मिगुएल उराइब शनिबार बोगोटामा आयोजित चुनावी कार्यक्रममा गोली लागेपछि गहन उपचार कक्षमा राखिएको अधिकारीहरूले बताएका छन्।

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ३९ वर्षीय उराइब ठूलो भिडको अगाडि भाषण दिइरहेका बेला अचानक गोली चल्दाको दृश्य देखिन्छ। अन्य तस्बिरहरूमा उहाँ रगताम्य अवस्थामा सेतो कारको बोनटमा ढलेका देखिन्छन्, जहाँ केही व्यक्तिहरू उहाँलाई सहयोग गरिरहेका छन्।

मिडिया रिपोर्टहरू अनुसार एक संदिग्ध किशोरलाई पक्राउ गरिएको छ। बोगोटाका मेयर कार्लोस गालानले सामाजिक सञ्जाल ‘एक्स’मा एक सन्देश पोस्ट गर्दै बन्दुकधारीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार पक्राउ परेका व्यक्तिको उमेर रहेको छ, तर उक्त जानकारी पुष्टि हुन बाँकी रहेको महान्यायाधिवक्ता लुज एड्रियाना कामार्गोले बताएका छन् ।

कोलम्बियामा राष्ट्रपति उम्मेदवारमाथि गोली प्रहार, १५ वर्षीय किशोर नियन्त्रणमा

कोलम्बियामा राष्ट्रपति उम्मेदवारमाथि गोली प्रहार, १५ वर्षीय किशोर नियन्त्रणमा

महान्यायाधिवक्ताकै अनुसार उराइबको टाउको वा घाँटीमा गोली लागेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले यस आक्रमणको तीव्र निन्दा गर्दै यसलाई “लोकतन्त्र, अभिव्यक्तिको स्वतन्त्रता र राजनीतिक अभ्यासमाथिको आक्रमण” भनेको छ।

डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य उराइब पेट्रोका कट्टर आलोचक मानिन्छन्। पार्टीले एक विज्ञप्तिमा ‘एक सशस्त्र आक्रमणकारी’ले पछाडिबाट उराइबमाथि गोली प्रहार गरेको जनाएको छ। “यो आक्रमण केवल एक नेताको जीवनमाथि नभई, कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रतामाथिको गम्भीर खतरा हो,” पार्टीले भनेको छ।

पूर्वराष्ट्रपति तथा पार्टीका प्रमुख नेता अल्भारो उराइबले यस घटनालाई “देशको आशामाथिको आक्रमण” भनेका छन् ।

मिगुएल उराइब एक राजनीतिक पृष्ठभूमि भएको परिवारका सदस्य हुन् । उनका हजुरबुबा जुलियो सेजर टर्बे कोलम्बियाका पूर्वराष्ट्रपति थिए, जसले सन् १९७८ देखि १९८२ सम्म नेतृत्व गरेका थिए । उराइबकी आमा डायना टर्बे प्रसिद्ध पत्रकार थिइन्, जसलाई पाब्लो एस्कोबार नेतृत्वको मेडेलिन कार्टेलले अपहरण गरेको थियो। दुर्भाग्यवश, उनी सन् १९९१ मा एक असफल उद्धार प्रयासमा मारिइन् ।

कोलम्बियामा राष्ट्रपति उम्मेदवारमाथि गोली प्रहार, १५ वर्षीय किशोर नियन्त्रणमा

मिगुएल उराइब सन् २०२२ देखि सिनेटर रहेका छन् । यसअघि उनी बोगोटाको सरकारी सचिव र नगर पार्षदका रूपमा समेत सेवा गरिसकेका छन् । सन् २०१९ मा उनले बोगोटा सिटी मेयरको उम्मेदवारी पनि दिएका थिए, तर पराजित भएका थिए ।

रक्षामन्त्री पेड्रो सान्चेजले आक्रमणमा संलग्न दोषीहरूबारे सूचना दिनेलाई करिब ७ लाख डलर इनाम दिने घोषणा गरेका छन् ।





Source link

Leave a Comment