आइतबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ४२ भन्दा बढी नेपाली डिपोर्ट गरिँदै, इतिहासमै धेरै


प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार

आइतबार अमेरिकाबाट चार्टड विमानबाट एकैपटक ४२ जनाभन्दा बढी नेपाली डिपोर्ट गरिने भएको छ । नेपालको अध्यागमन श्रोतका अनुशार स्थानीय समय अनुशार आइतबार दिउसो ४ बजे चार्टर्ड विमान नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

यति धेरै संख्यामा नेपालीहरुलाई अमेरिकाबाट एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गर्न लागिएको यो पहिलो पटक हो । सुरुमा अध्यागमन विभागलाई ४८ जना नेपाली डिपोर्ट हुने प्रारम्भिक जानकारी प्राप्त भएपनि अन्तिम समयमा केही व्यक्तिको यात्रा रोकिएको विभागले जनाएको छ ।

यात्रा के कारणले रोकिएको भन्ने प्रष्ट छैन । साथै कतिजनाको यात्रा रोकिएको भन्ने पनि प्रष्ट छैन । यद्यपी अधयागमन विभाग श्रोतले ३ देखि ६ जनासम्मको यात्रा रोएिको र डिपोर्ट हुने नेपालीहरुको संख्या ४२ देखि ४५ जनासम्म हुने बताएको छ ।

आइतबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ४२ भन्दा बढी नेपाली डिपोर्ट गरिँदै, इतिहासमै धेरै

आइतबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ४२ भन्दा बढी नेपाली डिपोर्ट गरिँदै, इतिहासमै धेरै

सम्भवतः इतिहासमै पहिलो पटक यति धेरै नेपाली एकैपटक डिपोर्ट भएको अध्यागमन विभागले जनाएको छ। अध्यागमन विभागले डिपोर्ट हुने व्यक्तिहरूमा महिला र पुरुषको संख्या पनि खुलाएको छैन।तर उनीहरुमध्ये ठूलो संख्या दलाललाई १ लाख डलरसम्म तिरेर मेक्सिकोहुँदै विना भिसा अमेरिका छिर्नेहरुको समेत रहेको जनाइएको छ ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्यूरोको जिम्मा लगाइनेछ। ब्यूरोले हालसम्म अमेरिकाबाट डिपोर्ट भएका कसैलाई पनि लामो समयसम्म सोधपुछका लागि हिरासतमा राखेको छैन। उनीहरुलाई सामान्य सोधपुछपछि घर पठाइने गरिएको छ ।

अमेरिकाको वासिटन डिसीमा रहेको नेपाली दूतावासले आइतबार डिपोर्ट हुने नेपालीहरुको यकिन विवरण आफूहरुलाई प्राप्त नभएको बताएको छ । तर पछिल्लो समयमा आइसको अनुरोधमा उलेख्य संख्यामा नेपालीहरुको ट्राभल डकुमेन्ट बनाइएको दूतावास श्रोतको भनाई छ । अमेरिकाभित्र आइसकेकाहरुका मात्र नभई अमेरिका आउने यात्रामा विभिन्न देशहरुमा रहेकाहरुका लागि पनि ट्राभल डकुमेन्ट बनाइदिने गरेको दूतावासले जनाएको छ ।

अमेरिका आउने यात्रामा रहेका कतिपय नेपालीहरु पनामा लगायतका देशमा पक्राउ पर्ने गरेको र उनीहरुलाई अमेरिकाको सहयोगमा उतैबाट नेपाल डिपोर्ट गरिएको तथा उनीहरुका लागि पनि आफूहरुले ट्राभल डकुमेन्ट बनाइदिने गरेको दूतावास श्रोतले जनाएको छ । तर उनीहरुको यकिन संख्या पनि नेपाल सरकार वा अमेरिकी सरकार कसैले पनि सार्वजनिक गरेका छैनन् ।

मे महिनामा अमेरिकाबाट ५८ जना नेपाली डिपोर्ट

आइतबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ४२ भन्दा बढी नेपाली डिपोर्ट गरिँदै, इतिहासमै धेरै

अमेरिकाले सन् २०२५ को मे महिनामा मात्रै ५८ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको थियो, जुन अघिल्लो महिना अप्रिलको तुलनामा दोब्बरभन्दा बढी हो। अप्रिलमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या २६ जना रहेकोमा मे महिनामा झन्डै १२३ प्रतिशतले वृद्धि भएको थियो।

एयरपोर्ट अध्यागमनका अनुसार मे महिनामा डिपोर्ट गरिएकाहरू सबै पुरुष रहेका थिए । ट्रम्प प्रशासन सुरु भइसकेपछि सन् २०२५ को जनवरी २० देखि मेसम्म अमेरिकाले कुल १४० जना नेपालीलाई नेपालमा डिपोर्ट गरेको छ। थप २ जना पानामा देशनिकाला भएका थिए। यस प्रक्रियामा दुई पटक चार्टर उडानमार्फत नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छोडिएको थियो।

अमेरिकाबाट डिपोर्ट हुने नेपाली नागरिकहरूको संख्यामा ट्रम्प प्रशासन आइसकेपछि वृद्धि भएको छ। अमेरिकाले मार्च महिनामा ३० जना नेपालीहरूलाई डिपोर्ट गरेको थियो, जसमा ६ जना महिला र २४ जना पुरुष रहेका थिए। जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरीमा २० जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो। फेब्रुअरी ८ मा एकैदिन ६ जना नेपालीहरू अमेरिकाबाट डिपोर्ट भएर नेपाल पुगेका थिए।

आइतबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ४२ भन्दा बढी नेपाली डिपोर्ट गरिँदै, इतिहासमै धेरै

अमेरिकाबाट फिर्ता पठाइएका नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि आप्रवासन ब्यूरोमा सामान्य सोधपुछपछि छोड्ने गरिएको छ। यी व्यक्तिहरूले मानव तस्करहरूको सहयोगमा अमेरिका प्रवेश गरेको हुन सक्ने आशङ्कामा अनुसन्धान हुने गरेको छ। डिपोर्ट गरिएकामध्ये अधिकांशलाई कमर्सियल उडानमार्फत फिर्ता पठाइएको छ।

एयरपोर्ट अध्यागमनका अनुसार मे महिनामा फिर्ता पठाइएका ५८ जना र जनवरीदेखि हालसम्म फिर्ता गरिएका १४० जना सबै वयस्क छन्। डिपोर्ट गरिएकाहरूलाई हत्कडी लगाइएको थियो वा थिएन भन्ने विषयमा भने स्पष्ट जानकारी उपलब्ध छैन, तर अध्यागमन विभागले स्वीकार गर्दाको अवस्था सामान्य नै रहेको जानकारी गराएको छ।

अमेरिकाले कागजातविहीन आप्रवासीहरूलाई फिर्ता पठाउने नीतिलाई कडाइका साथ लागू गरिरहेको छ। डिपोर्ट गरिएका नेपालीहरू अधिकांश मेक्सिको हुँदै अमेरिका प्रवेश गरेकाहरू रहेका छन्, जसले अमेरिका प्रवेशका लागि १ लाख डलरसम्म खर्च गरेका छन्। त्यसमा मानव तस्करीका गिरोहहरूको संलग्नता रहेको छ। यो विषयमा गम्भीर अनुसन्धान भने हुन सकेको छैन।

सन् २०२४ मा जम्मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। सन् २०२४ को १२ महिनाको तुलनामा सन् २०२५ को ५ महिनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या झन्डै तीन गुणा बढी रहेको छ। सन् २०२३ मा २४, सन् २०२२ मा २२ र सन् २०२१ मा ३५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ। सन् २०२१ को जनवरी १७ देखि सन् २०२४ को डिसेम्बर ३० सम्म एक सय ३३ नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए।

Source link

Leave a Comment