राष्ट्रिय ललितकला प्रदर्शनीमा ५७१ कलाकारका ६०६ कलाकृति : RajdhaniDaily.com


काठमाडौं । गणतन्त्र दिवसको अवसरमा यही १५ जेठबाट ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ आयोजना गर्ने भएको छ । नक्साल स्थित प्रतिष्ठानको कार्यालयमा सोमबार पत्रकार भेटघाट आयोजना गर्दै प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सो प्रतिष्ठानका कुलपति नारदमुनि हार्तमछालीले जानकारी गराए ।

विगत झैँ यस पटक पनि प्रदर्शनीमा नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाहरू राखिने भएको छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ मा यस पटक ५७१ कलाकारका ६०६ कलाकृति छनौट गरिएको छ । ती सबै कलाहरू प्रदर्शनीमा राखिने कुलपति नारदमुनि हार्तमछालीले पत्रकार भेटघाटका क्रममा जानकारी गराए ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ अनुसार यो प्रदर्शनीमा कोसी प्रदेशबाट ८२ कलाकारका ८२ कला, मधेस प्रदेशबाट ८८ कलाकारका ९८ कला, बागमती प्रदेशबाट १६४ कलाकारका १८३ कला, गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५ कला राखिँदै छ ।

यस्तै लुम्बिनी प्रदेशबाट ६५ कलाकारका ६६ कला, कर्णाली प्रदेशबाट ४० कलाकारका ४१ कला, सुदूरपश्चिम प्रदेशबाट ३९ कलाकारका ३९ कलाकृति गरी ५३१ कलाकारका ५६४ कलाकृति प्रतियोगी रूपमा प्रदर्शनीमा रहने पनि थुम्केलीले जनाए । थप अप्रतियोगी ४५ र आमन्त्रित ३३ गरी ७८ कलाकारका ७९ कलाकृति पनि यो प्रदर्शनीमा समावेश गरिएको छ ।

गत ४ फागुनदेखि १ चैतसम्म मुलुकका सात वटै प्रदेशमा आयोजना गरिएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ बाट उत्कृष्टको आधारमा यी कला चयन गरेर राष्ट्रिय प्रदर्शनीमा राखिएको हो ।

यी कलाहरूमा पनि विधागत रूपमा समसामयिक चित्रकला तर्फ २०१ कलाकारका २०८ चित्र, परम्परागत चित्रकला तर्फ ७२ कलाकारका ७३ कला, समसामयिक÷आधुनिक मूर्तिकला तर्फ ५१ कलाकारका ५२ मूर्तिकला, परम्परागत मूर्तिकला तर्फ १६ कलाकारका १८ मूर्तिकला प्रदर्शनीमा रहने छन् । यस्तै वास्तुकला तथा लोककला तर्फ ८४ कलाकारका ८८ वटा कला, शिल्प–हस्तकला तर्फ ७४ कलाकारका ७९ वटा कला, बहु आयामिक तथा अन्य सिर्जनात्मक कलामा छविकला तर्फ ४५ कलाकारका ५९ छवि कला, प्रतिस्थापन कला तर्फ ९ कलाकारका ९ कला रहने छ ।

प्रदर्शनीमा कार्टुन तर्फ १३ कलाकारका १४ कला, क्यारिकेचर तर्फ ३ कलाकारका ३ कला, डिजिटल तर्फ १ कलाकारको १ कला, भावभङ्गी कला तर्फ २ कलाकारका २ कलाकृति रहेको पनि सदस्य सचिव थुम्केलीले जानकारी गराए । यो प्रदर्शनी आगामी ३० जेठसम्म नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको ग्यालरीमा रहने छ । सदस्य सचिव थुम्केलीले यस वर्षको प्रदर्शनीमा नेपालका सीमान्तकृत, अल्पसङ्ख्यक समुदायदेखि लोपोन्मुख तथा प्रचलित विविध विधाका कलाकृति समेटिएको बताए ।

यस पटक प्रदर्शनी अवलोकनको लागि देशभरिबाट ३ हजार भन्दा बढीलाई प्रत्यक्ष निमन्त्रणा पत्र पठाएर आफूहरूले निमन्त्रणा गरेको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । कार्यक्रममा उनले भने, ‘गत वर्ष हाम्रो राष्ट्रिय कला प्रदर्शनी ४० हजार जनाले हेरेका थिए । यस पटक ५० हजार अवलोकनकर्ता पु¥याउने हाम्रो लक्ष्य छ ।’

राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ को मूल्यांकन समितिमा डा. सीमा शर्मा शाह, राधेश्याम मूल्मी, उदय चरण श्रेष्ठ, पूर्णप्रसाद ह्योजु, ताराप्रसाद ओझा, रामनारायण महतो, प्रवीण श्रेष्ठ, धर्मराज शाक्य, एरिना ताम्राकार, नवेन्द्र लिम्बू र प्रतिमा थकाली रहेको पनि उपकुलपति लामाले जानकारी गराए ।

राष्ट्रिय ललितकला प्रदर्शनीमा ५७१ कलाकारका ६०६ कलाकृति : RajdhaniDaily.com

ललितकला सम्मान एवम् पुरस्कार घोषणा
‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ सहभागी कलाबाट उत्कृष्ट कलाहरूको घोषणासँगै सो प्रतिष्ठानको विभिन्न सम्मान एवम् पुरस्कारको पनि सोमबार घोषणा गरेको छ । जसमा यस वर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ जनही १ लाख ५० हजार रुपैयाँ सहित अग्रज कलाकारहरू डा. सीमा शर्मा शाह र मंगल लामालाई प्रदान गरिने भएको छ । यसै गरी १ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डंगोल (परम्परागत चित्रकला)लाई प्रदान गरिने भएको छ ।

जनही ६० हजार रुपैयाँ राशिको राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामालाई, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगरलाई, परम्परागत चित्रकलातर्फ शंकर कुमार जोशीलाई, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधरलाई, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकारलाई, वास्तुकला तथा लोककलातर्फ ज्योतिकुमारी सापकोटालाई, बहु आयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफल प्रकाश श्रेष्ठलाई, राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर बिकलाई प्रदान गरिने छ ।

६० हजार रुपैयाँ राशिको राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्यलाई, जनही ३० हजार रुपैयाँ सहित राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार पत्रकारहरू शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिने छ । ललितकला प्रवद्र्धन सम्मान नेपाल हस्तकला महासंघ र प्रतिमा पाण्डेलाई प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

जनही ५० हजार रुपैयाँ राशिको प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरि शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला), बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिला धर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सिता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला) लाई प्रदान गरिने छ ।

यस्तै जनही ५० हजार रुपैयाँ राशिकै ‘सहिद कलाकार अनिल लामा स्मृति ललितकला पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति ललितकला पुरस्कार २०८१’ गंगाधर सारूलाई प्रदान गरिने पनि कार्यक्रममा जानकारी गराइयो ।

यस्तै जनही ३० हजार रुपैयाँ राशिको प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बागमतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरिने छ ।

यसै गरी जनही ३० हजार रुपैयाँ राशि भएको प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बागमतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दीपक आउजीलाई प्रदान गरिँदै छ ।

यही पुरस्कार समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारु, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगर प्रदान गरिने छ । यही पुरस्कार परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङ दिईँदैछ भने परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतीक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकार, शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा (शिवकुमार राई), मधेसबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मोक्तान तामाङ, लुम्बिनीबाट बाल गोविन्द त्रिपाठी, कर्णालीबाट शूर्प नारायण शाही, सुदूरपश्चिमबाट लालबहादुर कुमाललाई प्रदान गरिँदै छ ।

यस्तै वास्तुकला तथा लोककलातर्फ कोसीबाट माधवी कर्ण, मधेसबाट आरतीकुमारी साह, बागमतीबाट युनेस नापित श्रेष्ठ (वास्तुकला), लुम्बिनीबाट संचिता अग्रहरी, सुदूरपश्चिमबाट मित्थु थारु यो पुरस्कार प्रदान गरिँदै छ । यस्तै जनही ३० हजार राशिकै कला फोटोग्राफीमा कोसीबाट अर्जुन कुलुङ राई, मधेसबाट प्रशान्त चौधरी, गण्डकीबाट सृजना भुर्तेल, लुम्बिनीबाट मनी राम पन्थ र सुदूरपश्चिमबाट माधव ओझालाई, बहु आयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलामा बागमतीबाट विनयबहादुर रिमाल क्षेत्रीलाई पुरस्कृत गरिने छ ।

यस वर्षको प्रतिष्ठानको उत्कृष्ट कर्मचारी सम्मान भने धनबहादुर श्रेष्ठ र सिर्जना तामाङ राईलाई प्रदान गरिने पनि आयोजक पक्षले जानकारी गराएको छ ।

(Visited 6 times, 1 visits today)





Source link

Leave a Comment