घटे अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली, तर आर्थिक बर्ष ४ महिनाको तुलनामा भने उच्चदर

प्रकाशित मिति : जेष्ठ १३, २०८२ सोमबार

घटे अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली, तर आर्थिक बर्ष ४ महिनाको तुलनामा भने उच्चदर

मार्चमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा पनि गिरावट आएको तथ्यांक अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । मार्चमा जम्मा ७६१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा एफ वान पाएका छन् भने उनीहरुका ३६ जना डिपेन्डेन्टहरुले पनि एफ टु श्रेणीको भिसा पाएका छन् । यो संख्या फेब्रुअरीको तुलनामा कम हो ।

फेब्रुअरीमा ८०२ जना नेपाली विद्यार्थीहरूले एफ १ भिसा प्राप्त गरेका थिए, जुन जनवरी २०२५ को तुलनामा मात्र नभई चालु आर्थिक बर्षका कुनै पनि महिनाका तुलनामा बढी थियो । जनवरीमा ७५० जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए।

घटे अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली, तर आर्थिक बर्ष ४ महिनाको तुलनामा भने उच्चदर

घटे अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली, तर आर्थिक बर्ष ४ महिनाको तुलनामा भने उच्चदर

घटे अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली, तर आर्थिक बर्ष ४ महिनाको तुलनामा भने उच्चदर

विगतका महिनाहरूसँग तुलना गर्दा  डिसेम्बर २०२४ मा ६१६ जना, नोभेम्बरमा १६७ जना र अक्टोबरमा ७१२ जना नेपाली विद्यार्थीहरूले एफ १ भिसा पाएका थिए। यी महिनाहरुको तुलना गर्दा भने चालु आर्थिक बर्षको अक्टोबरदेखि जनवरीसम्म कुनै पनि महिनाको तुलनामा मार्चमा विद्यार्थी भिसा प्राप्त गर्ने नेपालीहरुको संख्या बढी नै रहेको छ ।

अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुसार आर्थिक बर्ष २०२४ मा १३,१८७ नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा  प्रदान गरिएको थियो, जुन अघिल्लो आर्थिक वर्ष २०२३ को तुलनामा दोब्बरभन्दा बढी हो।

आइसको सेभिस रिपोर्ट अनुशार हाल अमेरिकामा अध्ययनरत विद्यार्थीहरुको संख्या १६,९३३ रहेको छ। यी विद्यार्थीहरूमध्ये १०,४३० पुरुष र ६,५०३ महिला रहेका छन्। यो संख्या जनवरी २०२४ को तुलनामा घटेको छ, जुन समय २०,१५३ थियो, जुन पछि मार्च २०२४ मा २३,४३५ मा वृद्धि भएको थियो।

Source link

Leave a Comment