अमेरिकामा जेलबाट कैदी भगाएको आरोपमा मर्मतकर्मी पक्राउ



प्रकाशित मिति : जेष्ठ ७, २०८२ मंगलबार

अमेरिकाको न्यू ओर्लियन्सको जेलबाट १० जना कैदीहरुलाई भगाएको आरोपमा एकजना मर्मतकर्मीलाई पक्राउ गरिएको छ । गत हप्ता १० जना कैदीहरूको नाटकीय पलायनमा सहयोग गरेको अभियोगमा एक मर्मतकर्मीलाई पक्राउ गरिएको हो ।

लुइजियाना अटर्नी जनरलको कार्यालयका अनुसार कैदीहरूलाई भाग्न सजिलो बनाउने गरी उनले जानाजान जेलको पानी आपूर्ति बन्द गरेका थिए।

३३ वर्षीय स्टर्लिङ विलियम्सले एक कैदीले आफूलाई चक्कु आक्रमण गर्ने धम्की दिएको दाबी गर्दै पानी बन्द गरेको बताएका छन्।

अमेरिकामा जेलबाट कैदी भगाएको आरोपमा मर्मतकर्मी पक्राउ

अमेरिकामा जेलबाट कैदी भगाएको आरोपमा मर्मतकर्मी पक्राउ

पानी नचल्ने अवस्थालाई प्रयोग गरेर कैदीहरूले आफ्नो कोठामा जडित फलामको सिंक र ट्वाइलेट हटाएर पछाडिको स्टिलको बार काट्न सफल भएका थिए।

त्यसबेला सुरक्षा क्यामरा निगरानी गर्ने एकमात्र कर्मचारी खाना लिन बाहिरिएको कारण सुरक्षा प्रणाली बिना निगरानी भएको बताइएको छ।

विलियम्सले अनुसन्धानमा सुरूमा असहयोग गरे पनि पछि स्वीकृति दिएको र प्रमाण दिइएको अभिलेखमा उल्लेख छ। उनलाई सरकारी पदको दुरुपयोगको अभियोग र १० वटा सजाय–सरल पलायनमा संलग्नताको अभियोग लगाइएको छ।

भागेका १० मध्ये ४ जना पुनः पक्राउ परिसकेका छन् । ६ जना अझै फरार छन्। उनीहरू हत्या, हत्या प्रयास, हतियारसहितको डकैती लगायत गम्भीर आरोपमा थुनामा थिए।

शेरिफ सुसान हटसनले “यो केवल प्रणालीगत कमजोरी मात्र नभएर कार्यालयभित्रका केही व्यक्तिहरूद्वारा गरिएको जानाजानको गलत कार्य रहेको बताएका छन ।

अमेरिकामा जेलबाट कैदी भगाएको आरोपमा मर्मतकर्मी पक्राउ

उनले जेलमा झन्डै एक तिहाइ क्यामरा काम नगरेको, ढोका तथा लक प्रणालीमा समस्या रहेको बताएका छन । उनले सुधारका लागि ठूलो लगानीको आवश्यकता रहेको जानकारी दिएको बताइएको छ ।

लुइजियानाकी अटर्नी जनरल लिज मुरिलले “यो घटनामा संलग्न सबैलाई कानुन अनुसार कडा कारबाही गरिने बताएका छन ।

यो घटनाले न्यू ओर्लियन्सको जेल सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । उच्च सतर्कता र सुधारको आवश्यकता जेलमा देखिएको छ।





Source link

Leave a Comment