नयाँ भर्ना र अभिभावकका सकस : RajdhaniDaily.com


२०८१ सालमा कक्षा १ देखि ९ सम्म लिइएका परीक्षाको वार्षिक नतिजा प्रकाशित भएसँगै नयाँ भर्नालगायत शैक्षिक सत्र २०८२ का कक्षासमेत सुरु भइसकेका छन् । निजी विद्यालयमा पढ्ने आफ्ना नानीबाबुको ‘ग्रेडसिट’ प्राप्त गर्नका लागि २०८१ सालको सम्पूर्ण शुल्क तिर्नुपर्ने हुन्छ । कतिपय अभिभावकले विभिन्न कारणबस महिनैपिच्छे नियमित शुल्क तिर्न सकेका हु“दैनन् । जसका कारण अन्तिममा धेरै महिनाको शुल्क एकैचोटी तिर्नुपर्ने सकस आइपर्छ ।

बसभाडा, क्यान्टिनको टिफिन, खाना खर्च, ट्युसन खर्च, तेक्वान्दो, चेसजस्ता कक्षाका अतिरिक्त शुल्क तिर्नुपर्दा अभिभावकको ढाड सेकिने गरेको छ । अझै नानीबाबुहरूले राम्रोसँग नपढिदि“दा, शिक्षकले ‘माथिल्लो कक्षा चढाउन गाह्रो छ’ भनिदि“दा मन झनै खिन्न हुन्छ । वर्षभरको शुल्क तिरेर ‘ग्रेडसिट’ हात पारे पनि वैशाख पहिलो सातादेखि नै सुरु हुने भर्ना शुल्क झनै चर्को हुन्छ । राजधानीका कतिपय निजी विद्यालयमा मन्टेश्वरी, नर्सरी, कक्षा १ मै भर्ना गर्न पनि लाखभन्दा बढी शुल्क तिर्नुपर्छ । राम्रोसँग बोली नफुटेका बच्चाले ‘के नै सिक्छ होला र ?’ हजारौं तिरेर भर्ना गर्नुपर्ने कक्षा १ मा ?

जे जसरी भर्ना गरे पनि नानीबाबुहरूका लागि नयाँ कापी, किताब, झोला, जुत्ता, टाई, बेल्टजस्ता सामान किन्दा छुट्टै बजेट आवश्यक पर्छ । चित्त नबुझेर एउटा विद्यालयबाट अर्कोमा सार्नुप¥यो भने भर्नाशुल्क झनै चर्को हुन्छ । अझै दिनभर डुलेर राम्रो विद्यालय खोज्ने, ‘इन्ट्रान्स’ जाँच दिने, अर्को दिन त्यसको परीक्षाफल, फेरि अन्तर्वार्ता । कक्षा १ मा पढ्ने बालबालिकाले समेत कति तनाव सहने ?

चैत लागेदेखि नै अभिभावकले औंला भाँच्दै पैसा जोहो गर्न थालिसकेका हुन्छन् र वैशाखभर नानीबाबुहरूको भर्नामै अल्झिएका हुन्छन् । पैसा हुने धनी उच्चवर्गका लागि आफ्ना सन्तानलाई जुनसुकै विद्यालयमा जति खर्च गरे पनि भर्ना गर्न गाह्रो छैन ।

अचेल त संसारका जुनसुकै कुनाबाट ‘अनलाइन पेमेन्ट’ गर्दा पनि हुन्छ, विद्यालय धाइरहनै पदैैन । तर, आफ्ना नानीबाबुले ‘राम्रोसँग पढून्, आफूजस्तै दुःख नपाऊन्’ भन्ने सोच भएका मध्यम तथा निम्न वर्गका अभिभावकलाई भने निजी विद्यालयमा सन्तान पढाउन धौ–धौ भइरहेकै हुन्छ । विद्यालयप्रति जेजति गुनासा रहे पनि आफ्ना सन्तानलाई निजी विद्यालयमै पढाउने कतिपय अभिभावकको धोको हुन्छ ।

हुन त, देशैभर ठाउँठाउँमा थुप्रै सामुदायिक विद्यालय पनि छन् । सयौं विद्यार्थी पढ्ने कतिपय सामुदायिक विद्यालय उच्च दर्जाका पनि छन् । नाम चलेका ठूला निजी विद्यालयभन्दा राम्रो परीक्षाफल दिन सफल पनि भएका छन् । अभिभावक तथा विद्यार्थी पनि त्यस्ता सामुदायिक विद्यालयमा पढेर खुसी छन् । तर, यस्ता विद्यालय देशभर औंलामा गन्न सकिने मात्रै छन् । अझै पनि सामुदायिक विद्यालयमा विद्यार्थीले चाहेजस्तो भौतिक संरचना छैन ।

तराईको प्रचण्ड गर्मीमा समेत एउटा पंखामुनि बसेर विद्यार्थीले पढ्ने–सिक्ने अवस्था छैन । दिनभर विद्यार्थी बसेर पढ्ने बेन्च सजिला छैनन् । दुर्गमका कतिपय विद्यालयमा कक्षाकोठाको अवस्था अत्यन्त नाजुक छ । हेर्दै चिटिक्क परेका, पढूँपढूँ लाग्ने शैक्षिक सामग्री भएका विद्यालयका कक्षाभन्दा पनि मानिसले छोडेर गएका बाँझो घरजस्तै देखिन्छन्, कतिपय सामुदायिक विद्यालय ।

धेरैजसो सामुदायिक विद्यालयमा विद्यार्थीले खेल्न औधी मन पराउने तथा मन र मस्तिष्क दुईवटै तन्दुरुस्त राख्न मद्दत गर्ने फुटबल ग्राउन्ड, बास्केटबल कोर्ट, टीटी बोर्ड, भलिबल कोर्टलगायत देखि“दैनन् । ‘डिजिटलाइज्ड अडियो भिज्युअल’ कोठा अहिलेको समयका लागि अति नै महŒवपूर्ण शैक्षिक सामग्रीकै रूपमा प्रयोग हुने कम्प्युटर कक्षा विद्यार्थीका लागि त्यति नै महŒवपूर्ण पुस्तकालय, प्रयोगशालाजस्ता कक्षा व्यवस्था नभएका विद्यालय पनि धेरै छन् । कतै भने सामग्री भए पनि प्रयोग गराउन सक्ने जनशक्ति वा शिक्षक नहुँदा उचित प्रयोग भएको देखि“दैन । हालै १२ कक्षाको परीक्षामा विद्यार्थी बेन्च अभावमा भुइँमै बसेर लेखिरहेका भिडियो सामाजिक सञ्जालमा आएका थिए । केही दिनअघि लामो समयका लागि सामुदायिक विद्यालयका शिक्षक आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रिएका थिए । यसले पनि नयाँ भर्ना अभियान अन्योलमा परेको थियो । अर्कोतिर निजी विद्यालयमा धमाधम विद्यार्थी भर्ना भइरहेका थिए । ७ वैशाखदेखि नै नयाँ शैक्षिक सत्र सुरु भएसँगै कक्षा सुचारु भइसकेका थिए । यस्ता विभिन्न कारण पनि अभिभावकले आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्न बाध्य हुनुपरेको छ ।

काठमाडौं बसे पनि मेरा थुप्रै नातेदार छरछिमेकी अछामको दुर्गम गाउँमा बस्छन् । आधाभन्दा बढी गाउँ त खाली भइसकेका छन् । बाँकीलाई पनि गाउँमा बसेर छोराछोरी पढाउन मन छैन । बाध्यतावश त्यहाँका विद्यालयमा पढाइरहेको उनीहरू सुनाउँछन् । म पढेको विद्यालय बैतडी सदरमुकामबाट पैदल हि“डेर १ घण्टामा पुगिने गाउँमा अहिले ५ कक्षामा एकजना मात्र केटा पढ्ने रहेछन् । कक्षामा ५–६ जना केटी भए पनि केटाचाहि“ एक्लै भएकाले कक्षा ६ देखि काठमाडौंमा आफन्तसँग बसेर पढ्ने मन बनाइसकेका छन् । स्थानीय तहले शिक्षामा लगानी बढाए पनि गाउँघरमा रोजगारका अवसर सिर्जना हुन नसक्दा गाउँ रित्ता हुँदै गएका छन् । यसको प्रत्यक्ष असर अभिभावकमाथि पर्दै गएको छ ।

तराईको प्रचण्ड गर्मीमा समेत एउटा पंखामुनि बसेर विद्यार्थीले पढ्ने–सिक्ने अवस्था छैन । दिनभर बसेर पढ्ने बेन्च सजिला छैनन् । दुर्गमका कतिपय विद्यालयमा कक्षाकोठाको अवस्था अत्यन्त नाजुक छ । हेर्दै चिटिक्क परेका, पढूँपढूँ लाग्ने शैक्षिक सामग्री भएका विद्यालयका कक्षाभन्दा पनि मानिसले छोडेर गएका बाँझो घरजस्तै देखिन्छन्, कतिपय सामुदायिक विद्यालय

प्रदेश तथा स्थानीय तहको संरचना बनेदेखि दुर्गमका पनि धेरै विद्यालयमा राम्रो सेवा सुविधा भएको देखिन्छ । स्थानीय तहहरूले विद्यालय, यातायात क्षेत्रमा धेरै काम पनि गरेका छन् । तैपनि सामुदायिक विद्यालयमै आफ्ना नानीबाबुलाई पढाउन सरकारी कर्मचारी नै तयार भएको देखि“दैन । औंलामा गन्नेबाहेक सबैजसो सरकारी कर्मचारीका छोराछोरी देशका नाम चलेका महँगा निजी विद्यालयमा पढिरहेको कसैबाट लुकेको छैन ।

सामुदायिक विद्यालयको तुलनामा पढाइसँगसँगै अतिरिक्त क्रियाकलाप गराउनमा निजी विद्यालय अगाडि नै छन् र परीक्षाफल पनि तुलनात्मक रूपना निजी विद्यालयको राम्रो देखिन्छ । यसको मतलव सामुदायिक विद्यालयबाट विाद्यार्थी निकालेर ‘निजीमा भर्ना गर्नुपर्छ’ भन्ने होइन । निजीभन्दा सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै लग्ने हो भने कक्षामा एउटा मात्रै विद्यार्थी पढाउनुपर्ने बाध्यता शिक्षकलाई आउँदैन । वैशाख लागेसँगै निजी विद्यालयमा भर्ना गर्न आउने विद्यार्थीको लर्को देख्दा कही“ सामुदायिक विद्यालय सबै बन्द पो हुन्छन् कि जस्तो पनि लाग्छ, कहिलेकाही“ । अहिलेको शिक्षक आन्दोलनले यसलाई बढावा दिइरहेको छ ।

सामुदायिक विद्यालयको गुणस्तर खस्केकाले नै अभिभावकलाई पनि सकस हुने गरेको देखिन्छ । भर्खरै बनाएको घरअगाडि देखिने चिटिक्कका निजी विद्यालय र आमाबुवाका पालादेखि पढ्दै आएका पुराना सामुदायिक विद्यालय छान्नुपर्दा विद्यार्थीले निजी विद्यालय नै छान्ने गर्छन् । विद्यार्थीले निजी विद्यालय छानेसँगै त्यहाँको भर्नाशुल्क, मासिक शुल्क, परीक्षा शुल्कदेखि वर्षभर अभिभावकले तिर्नुपर्ने शुल्क थपिन्छन् ।

अघिल्लो वर्ष दाइले पढेको किताब यस वर्ष त्यही कक्षाको किताब भाइले पढ्न नमिल्ने बनाएका हुन्छन् । किताब लेख्नेले नै वा प्रकाशनले केही थप्ने केही घटाउने, प्रश्न फरक राखिदिने, पाठका पेजमा फरक नम्बर राखिदिनाले प्रत्येक वर्ष अभिभावक नयाँ पुस्तक किन्न बाध्य हुन्छन् । सामुदायिक विद्यालयमा पढाइने पुस्तकबाहेक अन्य निजी विद्यालयमा पढाइने फरक प्रकाशनका किताब धेरै महँगा पनि छन् ।

एउटै पुस्तकको ५ सयदेखि ८ सय रुपैयाँसम्म पर्ने पुस्तक किन्न अभिभावक बाध्य छन् । उस्तै त महँगी बढेर दुईछाक टार्न मुश्किल हुँदै गएको छ, त्यसमा पनि आफ्ना नानीबाबुका लागि विद्यालयले भनेअनुसार तोकिएकै ठाउँबाट विद्यालयका डे«स, कापीकिताब किन्नुपर्दा ‘बार्गेनिङ’ गर्ने ठाउँ हुँदैन र झनै महँगोमा पर्नसक्ने सम्भावना रहन्छ ।

भर्खरै एसईई दिएर बसेका विद्यार्थी परीक्षाफल पर्खेर बसे पनि कम्प्युटर, ब्रिजकोर्सजस्ता कक्षा लिइरहेका छन् । धेरैजसो विद्यार्थीको ‘ब्रिजकोर्स’ गर्नुको एउटै उद्देश्य भनेको प्रवेश परीक्षामा राम्रा कलेजमा ‘नाम निस्कियोस्’ भन्ने नै हुन्छ । त्यसमा पनि गरिब, जेहेनदार विद्यार्थीको भने ‘राम्रा कलेजमा छात्रवृत्तिमा पढ्न पाइयोस्’ भन्ने ठूलो आशा हुन्छ । ११–१२ कक्षा उत्तीर्ण गर्न पनि अभिभावकलाई ‘धेरै भार नपरोस्’ भन्ने कतिपय विद्यार्थीको सोचाइ हुन्छ ।

सामुदायिक विद्यालयमा पढाउन चित्त नबुझ्ने तर निजी विद्यालयमा पढाउन पैसा नपुग्ने सकसमा धेरैजसो अभिभावक रहेको देखिन्छ । उनीहरूका समस्या समाधानका लागि लाखौं विद्यार्थी पढ्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरदेखि भौतिक संरचनामा व्यापक सुधार ल्याउन जरुरी देखिन्छ ।
[email protected]
(लेखिका अरुणिमा सेकेन्डरी विद्यालय बौद्धकी शिक्षिका हुन्)

(Visited 5 times, 1 visits today)





Source link

Leave a Comment