बेलायतले दोस्रो पटक ट्रम्पलाई भ्रमणको निम्तो दिएपछि क्यानडा असन्तुष्ट



प्रकाशित मिति : जेष्ठ १, २०८२ बुधबार

बेलायतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक बेलायत भ्रमणको निम्तो दिएपछि क्यानडाले असन्तोष व्यक्त गरेको छ ।

क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नीले राष्ट्रपति ट्रम्पलाई दोस्रो पटक बेलायत भ्रमणको निम्तो दिने बेलायती सरकारको निर्णयप्रति असन्तोष व्यक्त गरेका हुन ।

कार्नीले यस वर्षको सुरुवातमा दिइएको बेलायतको निम्तोले क्यानडाली जनतालाई सहयोग नगरेको बताएका छन् । विशेषगरी जब ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने टिप्पणीहरू बारम्बार गर्दै आएका थिए।

बेलायतले दोस्रो पटक ट्रम्पलाई भ्रमणको निम्तो दिएपछि क्यानडा असन्तुष्ट

बेलायतले दोस्रो पटक ट्रम्पलाई भ्रमणको निम्तो दिएपछि क्यानडा असन्तुष्ट

प्रधानमन्त्री कीर स्टारमरले फेब्रुअरीमा ह्वाइट हाउसमा ट्रम्पसँगको भेटघाटका क्रममा उनलाई बेलायत भ्रमणको निम्तो दिएका थिए।

निम्तो उपयुक्तू थियो वा होइन भन्ने बेलायत सरकार र बकिङ्घम दरबारको निर्णय भएको कार्नीको भनाई छ । बकिङ्घम दरबारले भने कुनै टिप्पणी नगर्ने जनाएको छ।

क्यानडा यस महिनाको अन्त्यमा राजा चार्ल्स तेस्रो र रानी क्यामिलालाई राजकीय भ्रमणका लागि स्वागत गर्ने तयारीमा रहेको बेला प्र्रधानमन्त्री कार्नीको असन्तुष्टि बाहिर आएको हो ।

ट्रम्पका टिप्पणीहरूले क्यानडाको सार्वभौमिकताको विषयलाई झनै चर्काएको कार्नीले बताए। उक्त भ्रमणका क्रममा राजा चार्ल्सले सिंहासनबाट सम्बोधन पढ्नेछन् । जुन परम्परागत रूपमा गभर्नर जनरलले गर्ने कार्य पनि हो।

अन्तिम पटक यस्तो अवसर अक्टोबर १९७७ मा भएको थियो । महारानी एलिजाबेथ द्वितीयले क्यानडाको इतिहासमा दोस्रो पटक सम्बोधन पढेकी थिइन्। पहिलो पटक १९५७ मा भएको थियो।

बेलायतले दोस्रो पटक ट्रम्पलाई भ्रमणको निम्तो दिएपछि क्यानडा असन्तुष्ट

राष्ट्रपति कार्यालयमा फर्किएपछि ट्रम्पले बारम्बार क्यानडाको सार्वभौमिकतालाई कमजोर पार्ने टिप्पणीहरू गरेका छन् ।

उनले क्यानडाको सिमानालाई कृत्रिम रूपमा बनाइएको रेखा पनि भनेका थिए। तर प्रधानमन्त्री कार्नीले स्पष्ट रूपमा भनेका छन् ‘क्यानडा कहिल्यै बिक्रीमा छैन।’





Source link

Leave a Comment