अमेरिकाको एक रेस्टुरेन्टमा सिन्को डे मायो उत्सव मनाइरहेको समयमा गोलीबारी, ३ जनाको मृत्यु



प्रकाशित मिति : बैशाख २२, २०८२ सोमबार

अमेरिकाको एरिजोनास्थित ग्लेन्डेलको एक रेस्टुरेन्टमा आइतबार साँझ भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। उक्त रेस्टुरेन्टमा सिन्को डे मायो उत्सव मनाउन ठूलो भीड जम्मा भएको थियो।

फिनिक्सको उपनगर ग्लेन्डेलमा रहेको प्रहरीले साँझ ७:४५ बजे एल कामारोन गिगान्टे मारिस्कोस एन्ड स्टेकहाउसमा गोली चलेको सूचना प्राप्त गरेपछि तत्काल कारबाही सुरु गरेको थियो। ग्लेन्डेल प्रहरी विभागका प्रवक्ता अफिसर मोरोनी मेन्डेजले स्थानीय समाचार च्यानलहरूलाई जानकारी दिँदै घटनास्थल ‘अस्तव्यस्त’ रहेको र धेरै व्यक्तिहरूलाई गोली लागेको बताएका थिए ।

प्रहरीका अनुसार, यो गोलीबारीमा एकभन्दा बढी व्यक्तिहरू संलग्न भएको अनुमान गरिएको छ। तर, यो गोलीबारीकोे कारण भने खुल्न सकेको छैन् ।

अमेरिकाको एक रेस्टुरेन्टमा सिन्को डे मायो उत्सव मनाइरहेको समयमा गोलीबारी, ३ जनाको मृत्यु

अमेरिकाको एक रेस्टुरेन्टमा सिन्को डे मायो उत्सव मनाइरहेको समयमा गोलीबारी, ३ जनाको मृत्यु

हालसम्म कुनै पनि संदिग्धलाई गिरफ्तार गरिएको छैन। यद्यपि, अफिसर मेन्डेजले जनतालाई कुनै खतरा नरहेको बताएका छन्। पीडितहरूको पहिचान र उमेरबारे प्रहरीले कुनै जानकारी सार्वजनिक गरेको छैन। घाइतेहरूको चोट छर्रा वा गोलीका कारण भएको प्रहरीले जनाएको छ।

एक प्रत्यक्षदर्शीले स्थानीय समाचार च्यानल १२ न्यूजलाई बताए अनुसार, रेस्टुरेन्टमा बालबालिकासहितका परिवारहरू सिन्को डे मायो उत्सव मनाउन जम्मा भएका थिए।

यो उत्सव मेक्सिकोले पुएब्लाको युद्धमा फ्रान्समाथि विजय प्राप्त गरेको सम्झनामा मनाइन्छ। प्रत्यक्षदर्शीका अनुसार, गोलीबारी धेरै चरणमा भएको थियो। पहिलो चरणको गोलीबारीपछि केही समय रोकिएको र त्यसपछि दोस्रो चरणको गोली चलाइएको थियो।

प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ।





Source link

Leave a Comment