उमेर नपुगेका किशोरसँग यौन सम्पर्क राखेको आरोपमा महिला पक्राउ



प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार

अमेरिकामा २० वर्षीया महिलालाई उमेर नपुगेका किशोरसँग यौन सम्पर्क राखेको आरोपमा पक्राउ गरिएको छ ।

फ्लोरिडाकी २० वर्षीया आयला गोन्जालेज सालीनासलाई किशोरसँग यौन सम्पर्क राखेको आरोपमा पक्राउ गरिएको हो ।

एउटा अन्त्येष्टिमा भेट भएको वयस्क नभएको किशोरसँग यौन सम्पर्क राखेको आरोप सालीनासलाई लागेको छ ।

उमेर नपुगेका किशोरसँग यौन सम्पर्क राखेको आरोपमा महिला पक्राउ

उमेर नपुगेका किशोरसँग यौन सम्पर्क राखेको आरोपमा महिला पक्राउ

प्लाम वीच कन्ट्री सेरिफ कार्यालयका अनुसार सालीनासमाथि १२ देखि १६ वर्ष उमेर समूहको एकजना किशोरसँग पटक–पटक यौन सम्बन्ध राखेको सातवटा अभियोग लगाइएको छ । केटाको ठ्याक्कै उमेर भने प्रतिवेदनमा गोप्य राखिएको छ ।

सालीनासले गत नोभेम्बरमा एक अन्त्येष्टिमा उक्त केटासँग भेट गरेकी थिइन् । त्यसपछि उनीहरूले सामाजिक सञ्जालमार्फत सम्पर्क बढाएको बताइएको छ ।

प्रहरीको भनाइ अनुसार सम्पर्कपछि उनीहरू डिसेम्बरमा भेटिए र यौन सम्पर्कमा पनि पुगे ।

प्रहरीलाई यो विषयको जानकारी जनवरीमा प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो ।

कार्यालयका अनुसार अनुसन्धानमा दुवैले सन्देशमार्फत आफ्नो कथा मिलाउने बारे कुराकानी गरेको खुलेको छ।

उमेर नपुगेका किशोरसँग यौन सम्पर्क राखेको आरोपमा महिला पक्राउ

प्रतिवेदनअनुसार किशोरले आफूले नै यौन सम्पर्क सुरु गरेको भनेर भन्न सहमति जनाएको देखिएको छ ।

सालीनासलाई अप्रिलमा पक्राउ गरिएको थियो । उनीलाई प्लाम वीच कन्द«ी जेलमा राखिएको थियो । उनलाइ अहिले धरौटीमा रिहा गरिएको छ ।





Source link

Leave a Comment