रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने विदेशमन्त्रीको चेतावनी



प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेतावनी दिएका छन् ।

उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रारम्भिक प्राथमिकतामा अमेरिकी धैर्य कम हुँदै गएको छ ।

ट्रम्पले ह्वाइट हाउसमा फर्केको पहिलो २४ घण्टामै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । तर, उनले कार्यालयमा एक सय दिन मनाउँदै गर्दा रुबियोले प्रशासनले चाँडै अन्य मुद्दामा ध्यान दिनसक्ने सुझाव दिएका छन् ।

रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने विदेशमन्त्रीको चेतावनी

रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने विदेशमन्त्रीको चेतावनी

“हामी अहिले यस्तो समयमा छौँ जहाँ यो द्वन्द्व कसरी अन्त्य गर्ने भन्ने बारे दुई पक्षले ठोस प्रस्तावहरू दिन आवश्यक छ”, विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले पत्रकारहरूलाई भने, “यदि प्रगति भएन भने हामी यस प्रक्रियामा मध्यस्थकर्ताका रूपमा पछि हट्नेछौँ ।”

उनले यो रुबियोबाट आएको सन्देश भएको बताएका छन् । उनले कूटनीतिमा अगाडि बढ्ने कि नबढ्ने भन्ने अन्तिम निर्णय ट्रम्पमाथि निर्भर हुने बताए ।

मङ्गलबार राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन अझै पनि युक्रेनसँग शान्ति सम्झौता गर्न चाहाने भन्ने सङ्केत दिएका थिए ।

एबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा पुटिन शान्ति चाहान्छन् भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “मलाई लाग्छ उहाँले चाहनुहुन्छ ।”

पुटिनले हालै द्वितीय विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका लागि आगामी हप्ता मस्कोको सम्झनामा तीन दिने युद्धविरामको प्रस्ताव राखेका छन् ।

रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने विदेशमन्त्रीको चेतावनी

तर, उनले युक्रेन–समर्थित ३० दिनको युद्धविरामको अमेरिकी आह्वानलाई अस्वीकार गरेका थिए ।





Source link

Leave a Comment