ट्रम्प कार्यकालको १०० दिन पुरा, दक्षिणी सीमा हुँदै आउने आप्रवासीहरूको संख्या कम भएको दावी



प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको १०० औं दिन मनाएका छन । उनले यो दिनको अबसरमा समर्थकहरूलाई सम्बोधन गरेका छन ।

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको १०० औं दिन एक र्यालीमार्फत मनाउँदै आफूले गरेको उपलब्धिको चर्चा गरेका हुन । सो क्रममा उनले आफ्ना राजनीतिक विरोधीहरूमाथि आक्रमण गरेका थिए ।

मिचिगनको डेट्रॉइट नजिकै आयोजित सभामा उनले आफूले “सामान्य बुद्धिको क्रान्ति” ल्याएको भन्दै आफ्नो कार्यकालले “गहन परिवर्तन” ल्याइरहेको दाबी गरे।

ट्रम्प कार्यकालको १०० दिन पुरा, दक्षिणी सीमा हुँदै आउने आप्रवासीहरूको संख्या कम भएको दावी

ट्रम्प कार्यकालको १०० दिन पुरा, दक्षिणी सीमा हुँदै आउने आप्रवासीहरूको संख्या कम भएको दावी

राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनको आलोचना गर्दै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ का अध्यक्ष जेरोम पावेलमाथि पनि प्रहार गरे ।
उनको लोकप्रियता घटेको जनमत सर्भेक्षणलाई ट्रम्पले अस्वीकार गरेका छन ।

ट्रम्पले आप्रवासन नीतिमा कडाइ गर्दै सीमामा अवैध पार गर्ने आप्रवासीहरूको संख्या उल्लेखनीय रूपमा घटाएको बताए । तर उनको व्यापार नीतिका कारण अर्थतन्त्र कमजोर हुँदै गएको विश्लेषकहरुले बताएका छन ।

“हामीले भर्खर सुरुआत गरेका हौं, तपाईंहरूले अझ केही देख्न बाँकी छ,” ट्रम्पले समर्थकहरूलाई भने । अमेरिकाको गाडी उद्योग केन्द्रमा आयोजित कार्यक्रममा ट्रम्पले कार निर्माता कम्पनीहरू मिचिगनमा नयाँ कारखाना खोल्न आतुर रहेको दाबी गरे।

यद्यपि, सोही दिन उनले विदेशी गाडी र पार्ट्समा लगाइएको आयात कर केही नरम बनाउने निर्णय गरेका थिए । अमेरिकी अटो उद्योगले मूल्यवृद्धिको चेतावनी दिएपछि उनले यो कदम चाल्न बाध्य भएका हुन ।

ट्रम्पले आफूमाथि जनमत घटेको जनाउने सर्वेक्षणहरूलाई “नक्कली” भनेका छन । ग्यालपको अनुसार दोस्रो कार्यकालको १०० दिनपछि ५० प्रतिशतभन्दा कम समर्थन पाउने उनी दोस्रो विश्वयुद्धपछि एक्ला राष्ट्रपति हुन्।

ट्रम्प कार्यकालको १०० दिन पुरा, दक्षिणी सीमा हुँदै आउने आप्रवासीहरूको संख्या कम भएको दावी

तर रिपब्लिकन समर्थकहरूको बहुमत अझै ट्रम्पसँगै रहेको देखिन्छ । डेमोक्र्याटिक पार्टी पनि जनमतमा कमजोर देखिएको छ । डेमोक्र्याटिक नेशनल कमिटी ले ट्रम्पको पहिलो १०० दिनलाई “विफलता” भनेको छ।

“जीवन अझ महँगो भएको छ, रिटायर हुन गाह्रो छ, र ‘ट्रम्प मन्दी’ ढोका ढकढक्याइरहेको छ,” उसले भनेको छ । ट्रम्पले “बाइडेनलाई कुन उपनाम सबैभन्दा राम्रो लाग्छ ? ” भनेर दर्शकहरूसँग सोधे ।

दक्षिणी सीमा हुँदै आउने आप्रवासीहरूको संख्या ७,००० मा झरेको उनले बताएका छन । जुन गत वर्ष मार्चमा १ लाख ४० हजार रहेको थियो।

ह्वाइट हाउसले बताएअनुसार ट्रम्पको कार्यकालमा हालसम्म ६५ हजार ७०० आप्रवासीहरू निर्वासित गरिएका छन् । तर यो संख्या अघिल्लो वर्षभन्दा कम हो।

ट्रम्पले भाषणको बीचमा निर्वासितहरूलाई एल साल्भाडोरको एउटा मेगा प्रिजनमा पठाइएको भिडियो देखाएका थिए । उनले अण्डाको मूल्य ८७ प्रतिशत घटेको दाबी गरेका थिए । तर सरकारी तथ्यांकले यसलाई गलत देखाएको छ ।

यद्यपि महँगी, ऊर्जा मूल्य र ब्याजदर केही घटेका छन्, बेरोजगारी थोरै बढेको छ, उपभोक्ता भावना कमजोर भएको छ, । आयात करले शेयर बजार ९ प्रतिशत भन्दा बढी घटेको छ ।





Source link

Leave a Comment