पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार, अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी हुने



प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने भएको छ । सेन्ट पिटर स्क्वायरमा हुने अन्त्येष्टिमा लाखौंको उपस्थितिको रहने अपेक्षा गरिएको छ ।

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार भ्याटिकन सिटीको सेन्ट पिटर स्क्वायरमा गरिने भ्याटिकनले पुष्टि गरेको हो । लाखौं श्रद्धालुहरू उनीप्रति श्रद्धाञ्जली दिन त्यहाँ उपस्थित हुने अपेक्षा गरिएको छ।

८८ वर्षको उमेरमा सोमबार स्ट्रोकका कारण पोप फ्रान्सिसको निधन भएको हो । उनी कमजोर स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका थिए । निधन हुनु भन्दा २४ घण्टा अघि मात्रै उनले इस्टरको सन्देश दिएका थिए ।

पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार, अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी हुने

पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार, अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी हुने

विश्वका विभिन्न राष्ट्रप्रमुख र शाही परिवारका सदस्यहरूले अन्त्येष्टिमा सहभागिता जनाउने पुष्टि गरेका छन् ।

ब्रिटेनका राजकुमार विलियम, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा, स्पेनका राजा फिलिप छैठौं, र फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोँ लगायत अन्त्येष्टिमा सहभागिता प्रमुख व्यक्तिको सुचिमा रहेका छन् ।

हजारौं श्रद्धालुहरू फूल, क्रस, मैनबत्ती बोकेर भ्याटिकन सिटी पुगेका छन् र प्रार्थनामा सहभागी भएका छन्।

बुधबार बिहान पोपको पार्थिव शरीर च्यापलबाट कार्डिनलहरूको नेतृत्वमा प्रार्थनासहित सेन्ट पिटर बसिलिकामा ल्याइनेछ । शुक्रबारसम्म खुल्ला कफिनमा राखिनेछन् ।

पोपको निधनपछिको संक्रमणकालीन समयमा भ्याटिकनको नेतृत्व गरिरहेका कार्डिनल केभिन फेरेलले उक्त प्रक्रियाको सुरूवात प्रार्थनाबाट गर्नेछन्।

पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार, अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी हुने

पोपको अनुरोधअनुसार कार्डिनलहरूका लागि कुनै निजी दर्शनको व्यवस्था गरिएको छैन । उनको कफिन पनि परम्परागत रूपमा मञ्चमा नराखिने बताइएको छ ।

अन्त्येष्टि शनिबार बिहान १० बजे सेन्ट पिटर बसिलिका अगाडि सुरु हुनेछ। विभिन्न देशका कार्डिनल, आर्चबिशप, बिशप, र पादरीहरूले सहभागी हुनेछन् ।





Source link

Leave a Comment