नयाँ युद्धविराम प्रस्तावमा हमास लचिलो, अमेरिकी प्रतिक्रिया आउन बाँकी



प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार

इजरायल हमास युद्ध अन्त्य गर्न कतार र इजिप्टका मध्यस्थकर्ताहरूले नयाँ योजना प्रस्ताव गरेका छन् । एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएको जानकारी अनुसार यस प्रस्तावमा पाँचदेखि सात वर्षसम्म युद्धविराम रहने उल्लेख छ ।

इजरायली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको सट्टामा सबै इजरायली बन्दीहरू रिहा गरिने, युद्धको औपचारिक अन्त्य गरिने, र इजरायले गाजाबाट पूर्ण रूपमा फिर्ता हुने योजना नयाँ यो प्रस्तावमा समावेश गरिएको छ ।

हमासको वरिष्ठ प्रतिनिधिमण्डल यो प्रस्तावको छलफलका लागि कायरो पुग्ने तयारीमा छ । अमेरिकाले पछिल्लो युद्धविरामको प्रस्तावप्रति कुनै टिप्पणी गरेको छैन ।

नयाँ युद्धविराम प्रस्तावमा हमास लचिलो, अमेरिकी प्रतिक्रिया आउन बाँकी

नयाँ युद्धविराम प्रस्तावमा हमास लचिलो, अमेरिकी प्रतिक्रिया आउन बाँकी

अमेरिकी विशेष दुत पनि गाजा क्षेत्रमा युद्धविरामको लागि लामो समय देखि प्रयासरत रहेका छन ।

पछिल्लो युद्धविराम एक महिना अघि भंग भएको थियो । त्यसपछि इजरायलले गाजामा बमवर्षा गर्न थालेको थियो । दुबै पक्षले युद्धविराम असफल हुनुमा एकअर्कालाई दोष दिएका थिए।

हमासको प्रतिनिधित्व राजनीतिक परिषदका प्रमुख मोहम्मद दरविश र प्रमुख वार्ताकार खालिल अल हय्याले गर्नेछन्।

केही दिनअघि मात्रै हमासले इजराययलको पछिल्लो प्रस्ताव अस्वीकार गरेको थियो । हमासले आफ्ना हतियार बुझाएमा मात्र छ साता लामो युद्धविराम गर्ने सर्त राखिएको थियो।

शनिबार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमास पूर्ण रूपमा नष्ट नभएसम्म र सबै बन्दीहरू फिर्ता नभएसम्म युद्ध नरोकिने बताएका थिए ।

नयाँ युद्धविराम प्रस्तावमा हमास लचिलो, अमेरिकी प्रतिक्रिया आउन बाँकी

तर हमासले सबै बन्दीहरू फिर्ता गर्नुअघि इजरायलले युद्ध अन्त्य गर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्छ भनेको थियो ।

वरिष्ठ प्यालेस्टिनी अधिकारीका अनुसार हमासले गाजाको शासन कुनै पनि प्यालेस्टिनी संस्थालाई हस्तान्तरण गर्न तयार रहेको संकेत गरेको छ ।

राष्ट्रिय र क्षेत्रीय स्तरमा सहमति गरिने संस्थालाई यो हस्तान्तरण हुन सक्नेछ । यसमा पश्चिम तटस्थित प्यालेस्टिनी प्राधिकरण वा नयाँ प्रशासनिक निकाय पर्न सक्छ।

तर नेतान्याहुले भविष्यमा गाजाको शासनमा प्यालेस्टिनी प्राधिकरणलाई कुनै भूमिका नदिने स्पष्ट बताएका छन् ।

यद्यपि वार्ताको सफलताको सम्भावना तत्काल भन्न सकिने अवस्था छैन । अधिकारीका अनुसार अहिलेको मध्यस्थ प्रयास गम्भीर छ । तर हमासले भने अभूतपूर्व लचकता देखाएको छ ।

गत २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी करिब १ हजार २०० मानिसहरू मारिएका थिए ।

२५१ जनालाई बन्दी बनाएर गाजामा हमास समूहले लगेका थिए । प्रत्युत्तरमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो ।

गाजाको हमास शासित स्वास्थ्य मन्त्रालयका अनुसार ५१ हजार २४० भन्दा बढी प्यालेस्टिनी प्रायः सर्वसाधारण मारिएका छन्।





Source link

Leave a Comment