अमेरिकामा एक भारतीय नागरिक पक्राउ, पञ्जाबमा चरमपन्थी हमलाहरूको षड्यन्त्र रचेको आरोप



प्रकाशित मिति : बैशाख ५, २०८२ शुक्रबार

पञ्जाबमा चरमपन्थी हमलाहरूको षड्यन्त्र रचेको अभियोगमा एक भारतीय व्यक्तिलाई अमेरिकामा पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्ति हरप्रीत सिंह हुन्, जसलाई अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) र इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन्स (ईआरओ) ले स्याक्रामेन्टोमा पक्राउ गरेको हो।

एफबीआईका अनुसार, हरप्रीत सिंहको दुई अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूसँग सम्बन्ध रहेको र उनी गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए। उनले पक्राउबाट बच्न बर्नर फोनहरूको प्रयोग गरेको पनि एफबीआईले दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ। हाल उनी हिरासतमा छन् । यी आरोपहरूमा कुनै टिप्पणी गरेका छैनन्।

एक्समा पोस्ट गरिएको एक सन्देशमा एफबीआईले सिंहलाई ‘कथित आतंकवादी’ को रूपमा उल्लेख गर्दै भारतको पञ्जाबमा आतंकवादी हमलाहरूको लागि जिम्मेवार भएको बताएको छ। सिंहको अर्को नाम ह्याप्पी पासिया पनि रहेको बताइएको छ।

अमेरिकामा एक भारतीय नागरिक पक्राउ, पञ्जाबमा चरमपन्थी हमलाहरूको षड्यन्त्र रचेको आरोप

अमेरिकामा एक भारतीय नागरिक पक्राउ, पञ्जाबमा चरमपन्थी हमलाहरूको षड्यन्त्र रचेको आरोप

भारतको चण्डीगढमा सन् २०२४ मा भएको ग्रेनेड आक्रमणसँग सम्बन्धित मुद्दामा भारतीय अनुसन्धान अधिकारीहरूले उनको खोजी गरिरहेका थिए । यसै वर्षको जनवरीमा भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले हरप्रीत सिंहको सूचना दिनेलाई ५ लाख भारतीय रुपैयाँ इनाम दिने घोषणा गरेको थियो।





Source link

Leave a Comment