टेस्लालाई क्यालिफोर्निया बजारमा चुनौती, सवारी दर्ता १५ दशमलव १ प्रतिशतले घट्यो



प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार

विश्वप्रसिद्ध इलेक्ट्रिक सवारी निर्माता टेस्लाको क्यालिफोर्नियामा पहिलो त्रैमासिकमा सवारी साधन दर्ता १५ दशमलव १ प्रतिशतले घटेको छ। यो गिरावटले एलोन मस्कको नेतृत्वमा रहेको कम्पनीलाई अमेरिकाको सबैभन्दा ठूलो बजारमा गम्भीर चुनौतीहरूको संकेत गरेको छ ।

क्यालिफोर्निया, जसलाई इलेक्ट्रिक सवारी साधन (इभी) को प्रवृत्तिको संकेतक मानिन्छ, टेस्लाको बजार हिस्सा गत वर्षको ५५ दशमलव ५ प्रतिशतबाट घटेर ४३ दशमलव ९ प्रतिशतमा झरेको छ। यही अवधिमा होंडा, फोर्ड र शेभरोलेट जस्ता ब्रान्डहरूले आफ्नो उपस्थिति बलियो बनाएको क्यालिफोर्निया न्यु कार डिलर्स एसोसिएसन (सीएनसीडीए) ले जनाएको छ।

राज्यमा शून्य(उत्सर्जन सवारी साधनको बिक्री भने ७ दशमलव ३ प्रतिशतले बढेको छ। सीएनसीडीएका अनुसार, टेस्लाको पुरानो उत्पादन लाइनअप र मस्कको राजनीतिक गतिविधिहरूप्रति बढ्दो असन्तुष्टिले बजार हिस्सा घट्नमा प्रमुख भूमिका खेलेको छ।

टेस्लालाई क्यालिफोर्निया बजारमा चुनौती, सवारी दर्ता १५ दशमलव १ प्रतिशतले घट्यो

टेस्लालाई क्यालिफोर्निया बजारमा चुनौती, सवारी दर्ता १५ दशमलव १ प्रतिशतले घट्यो

कम्पनीले विश्वव्यापी रूपमा आफ्नो पहिलो त्रैमासिक बिक्री १३ प्रतिशत ले घटेर तीन वर्षयताकै निम्न स्तरमा पुगेको जनाएको छ। मस्कविरुद्धको प्रतिक्रिया, बढ्दो प्रतिस्पर्धा र ग्राहकहरूले मोडल वाइको नयाँ संस्करणको प्रतीक्षा गर्नु यसका कारणहरू हुन्।

मस्कको ट्रम्प प्रशासनको सरकारी दक्षता विभागको नेतृत्व र संघीय कार्यबल कटौतीको नीतिले अमेरिकाभर विरोध प्रदर्शनहरू निम्त्याएको छ। विशेषगरी क्यालिफोर्नियाका उदारवादी मतदाता, जो इलेक्ट्रिक सवारी साधनका प्रमुख ग्राहक हुन् उनीहरु मस्कप्रति असन्तुष्ट छन्।

क्यालिफोर्नियाले टेस्लाको अमेरिकी बिक्रीको झन्डै एक तिहाइ हिस्सा ओगट्छ। सीएनसीडीएले अमेरिकी व्यापार नीतिका कारण राज्यमा नयाँ सवारी साधनको दर्ता २ दशमलव ३ प्रतिशतले घट्ने अनुमान गरेको छ।





Source link

Leave a Comment